News Portal

रेडियो सुन्नुहोस्

बादिकोटमा खुल्ला भलिवल प्रतियोगिता, ८ समूह सहभागी

खेलकुदलाइ नयाँ ढंगले विकास गर्नुपर्छ: श्रेष्ठ

सिखबर संवाददाता२६ कार्तिक, प्यूठान
१२३३ पटक
२६ कार्तिक, प्यूठान

दिपावलीको अवसरमा झिमरुक गाउँपालिका वडा नं २ बादिकोटमा आयोजित खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ ।

सुशासन युवा क्लबले खुल्ला भलिबल प्रतियोगिता आयोजनामा गरेको हो। प्रतियोगिताको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियुका केन्द्रिय सदस्य सुमन श्रेष्ठले जिल्लामा विभिन्न खेलहरु सञ्चालन गरी खेलकुद क्षेत्रलाई नयाँ ढंगले विकास गनुपर्ने बताउनुभयो । राज्यले पनि खेल क्षेत्रमा ठुलो लगानी गरेको उहाँको भनाई थियो ।

क्लबका अध्यक्ष प्रकाश एमसीको अध्यक्षता , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियुका केन्द्रिय सदस्य श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य एवं झिमरुक गाउँपालिका कमिटीका अध्यक्ष झक बहादुर जिसी, युवा समाजसेवी मिलन एमसी, समाजसेवी उमाराम पोख्रेल, धनिराम जैसी, यूवा समाजसेव मोहन परियार, खड्कबहादुर थापा, सर्वोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक लालबहादुर एमसी, शिक्षक रमेश थापा युवा विद्यार्थी एवं खेलाडीहरुको उपस्थितीमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

भलिबल प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार रुपियाँ मेडल र प्रमाणपत्र, दृतिय हुनेलाई १० हजार रुपियाँ , मेडल र प्रमाणपत्र पाउनेछन् । दर्ता भएको एक महिना भएको क्लबले पहिलो पटक प्रतियोगिता सञ्चालन गरेको क्लबका अध्यक्ष एमसीले बताउनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...