News Portal

रेडियो सुन्नुहोस्

अपांगता भएका ७५ जनालाई न्यानो कपडा वितरण

सिखबर संवाददाता१८ म‌सिर प्यूठान
१८१३ पटक
१८ म‌सिर प्यूठान

नौवहिनी गाँउपालीकाले अपांगता भएका ७५ जनालाई न्यानो कपडा वितरण गरेको छ। अपांगता भएका व्यक्तिहरुको २९औँ अन्तराष्टिय दिवस(डिसेम्वर ३) को अवसरमा आज गाँउपालीकामा रहेका क र ख वर्ग(पुर्ण असक्त र अति असक्त अपांगता) भएका ७५ जनालाई कपडा वितरण गरेको हो।

प्रत्येक व्यक्तिलाई कम्वल र ज्याकेट वा स्विटर वितरण गरिएको गाँउपालीकाको सामाजिक विकाश शाखाले जानकारी दिएको छ। सामाग्री वितरण कार्यक्रममा वोल्दै गाँउपालीका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष घन बहादुर बुढा मगरले जनताको दुख र असक्तको सहारा वन्न सरकारले जाडोमा अपांगता भएका नागरिकलाई न्यानो कपडा वितरण गरेको वताउनु भयो। उहाँले आगामि दिनमा गाँउपालीकाले सवै किसिमका अपांगता भएका व्यक्तिलाई सम्मान, सहयोग र हौसला प्रदान गर्ने वताउनु भयो। गाँउपालीकाका प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारीले स्वागत मन्तव्य राख्दै गाँउपालीकाले प्रदान गरेको उक्त सहयोगले चिसो मौसममा कठ्यांग्रीनवाट जोगिन अपांगता भएका व्यक्तिलाई महत्वपुर्ण सहयोग पुग्ने अपेक्षा गरिएको वताउनु भयो।

कार्यक्रममा जि स स सदस्य सुमित्रा सुनार, वडा अध्यक्षहरु कमल बहादुर घर्ती मगर र माधव सिँह केसी तथा कार्यपालिका सदस्य चन्द्रा सुवेदी, तारा विक, गोरबहादुर सुनार तथा इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख सई हस्त बहादुर घर्ति, रेडक्रश उपशाखा बहाने का प्रमुख देविप्रसाद रिजाल एवम् नौबहिनी अपाङ्ग सञ्जाल का अध्यक्ष भक्त बहादुर दर्लामी को तथा अपाङ्गता भएका व्यक्ती का सँरक्षक तथा कर्मचारीहरु को उपस्थिती मा सम्पन्न भयो । कार्यक्रम सञ्चालन सामाजिक विकाश शाखा का प्रमुख दामोदर पाण्डे ले गर्नु भएको थियो ।

अपाङ्गता भएका व्यक्ती हरु को अन्तराष्ट्रिय दिवस प्रत्येक वर्ष डिसेम्वर ३ का दिन विश्वव्यापी रुपमा मनाउदै आइएको छ । यसपालीको अन्तर्राष्टिय दिवस् ‘Building Back Better: toward a disability, inclusive, accessible and sustainable post COVID-19 World’ अन्तर्राष्ट्रिय नारा तथा ‘कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको शुनिश्चितता, अपाङ्गता भएका व्यक्तीहरु को पहुँच र दिगो विकाशको लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नारा का साथ दिवश मनाईएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...