News Portal

रेडियो सुन्नुहोस्

अपांगता भएका ७५ जनालाई न्यानो कपडा वितरण

सिखबर संवाददाता१८ म‌सिर प्यूठान
१२५१ पटक
१८ म‌सिर प्यूठान

नौवहिनी गाँउपालीकाले अपांगता भएका ७५ जनालाई न्यानो कपडा वितरण गरेको छ। अपांगता भएका व्यक्तिहरुको २९औँ अन्तराष्टिय दिवस(डिसेम्वर ३) को अवसरमा आज गाँउपालीकामा रहेका क र ख वर्ग(पुर्ण असक्त र अति असक्त अपांगता) भएका ७५ जनालाई कपडा वितरण गरेको हो।

प्रत्येक व्यक्तिलाई कम्वल र ज्याकेट वा स्विटर वितरण गरिएको गाँउपालीकाको सामाजिक विकाश शाखाले जानकारी दिएको छ। सामाग्री वितरण कार्यक्रममा वोल्दै गाँउपालीका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष घन बहादुर बुढा मगरले जनताको दुख र असक्तको सहारा वन्न सरकारले जाडोमा अपांगता भएका नागरिकलाई न्यानो कपडा वितरण गरेको वताउनु भयो। उहाँले आगामि दिनमा गाँउपालीकाले सवै किसिमका अपांगता भएका व्यक्तिलाई सम्मान, सहयोग र हौसला प्रदान गर्ने वताउनु भयो। गाँउपालीकाका प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारीले स्वागत मन्तव्य राख्दै गाँउपालीकाले प्रदान गरेको उक्त सहयोगले चिसो मौसममा कठ्यांग्रीनवाट जोगिन अपांगता भएका व्यक्तिलाई महत्वपुर्ण सहयोग पुग्ने अपेक्षा गरिएको वताउनु भयो।

कार्यक्रममा जि स स सदस्य सुमित्रा सुनार, वडा अध्यक्षहरु कमल बहादुर घर्ती मगर र माधव सिँह केसी तथा कार्यपालिका सदस्य चन्द्रा सुवेदी, तारा विक, गोरबहादुर सुनार तथा इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख सई हस्त बहादुर घर्ति, रेडक्रश उपशाखा बहाने का प्रमुख देविप्रसाद रिजाल एवम् नौबहिनी अपाङ्ग सञ्जाल का अध्यक्ष भक्त बहादुर दर्लामी को तथा अपाङ्गता भएका व्यक्ती का सँरक्षक तथा कर्मचारीहरु को उपस्थिती मा सम्पन्न भयो । कार्यक्रम सञ्चालन सामाजिक विकाश शाखा का प्रमुख दामोदर पाण्डे ले गर्नु भएको थियो ।

अपाङ्गता भएका व्यक्ती हरु को अन्तराष्ट्रिय दिवस प्रत्येक वर्ष डिसेम्वर ३ का दिन विश्वव्यापी रुपमा मनाउदै आइएको छ । यसपालीको अन्तर्राष्टिय दिवस् ‘Building Back Better: toward a disability, inclusive, accessible and sustainable post COVID-19 World’ अन्तर्राष्ट्रिय नारा तथा ‘कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको शुनिश्चितता, अपाङ्गता भएका व्यक्तीहरु को पहुँच र दिगो विकाशको लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नारा का साथ दिवश मनाईएको छ।

प्रतिकृया दिनुहोस्

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...