News Portal

रेडियो सुन्नुहोस्

पर्सामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हँुदा तीनजना सुरक्षाकर्मी घाइते

सिखबर संवाददाता ३० माघ २०७७
६०३ पटक
३० माघ २०७७

नेपाली भूमीमा छिरेर भारतीयले फेरि नेपाली सुरक्षकर्मीमाथि आक्रमण गरी घाइते बनाएका छन् ।नेपाली भूमिमा पसेर वर्षौदेखि दादागिरी देखाउँदै आएका भारतीयले शुक्रबार बिहान फेरि आक्रमण गरि नेपालका ३ सुरक्षाकर्मी घाइते भएका छन्।

पर्साको जीराभवानी गाउँपालिका १ पिपरडारीस्थित ओरीया खोलामा भइरहेको बालुवा तस्करी रोक्न गएका सशस्त्र प्रहरीको टोलीमाथि शुक्रबार बिहान भारतीयले नेपाली भूमिमै छिरेर आक्रमण गरेका हुन् ।

भारतीयको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् । तीमध्ये सशस्त्र प्रहरी जवानद्वय आयुष राय यादव र महेश प्रसाद यादवको अवस्था भने गम्भीर छ। आयुषको कन्चट फुटेको छ भने महेशको देब्रे हात भाँच्चिएको छ ।

गम्भीर घाइते दुवैजनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए । अर्का घाइते सशस्त्र प्रहरी जवान सुमन वस्तिको भने सेढवास्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।

भारतसँग सीमा जोडिएको पर्साको पिपरडारी गाउँस्थित ओरिया खोलामा भारतीय पक्षबाट भइरहेको बालुवा उत्खन्न रोक्न शुक्रबार बिहान सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीबाट सशस्त्र प्रहरीको २२ जनाको टोली खोलामा गस्ती गएको थियो ।

सशस्त्र प्रहरी निरीक्षकद्वय बसन्त जिसी र केदार राइको नेतृत्वमा गएको २२ जनाको सशस्त्र प्रहरीको टोलीले खोलाबाट बालुवा लोड गरिएका भारतीयका ३ वटा ट्याक्टर नियन्त्रणमा पनि लिएको थियो ।

तर नियन्त्रणमा लिइएका ट्याक्टर लिएर आउने क्रममा खोलामै ट्याक्टर भाँसिएपछि सशस्त्र प्रहरीले निकाल्ने प्रयास गरिरहेको थियो । त्यही बेला ९बिहान ५ बजे ०खोला छेउका भारतको भंगाहा , इनर्वा र बिसनपूर्वा गाउँबाट बेल्चा , लठठी र भाला बोकेर आएका भारतीय तस्कर र गाउँलेको हुलले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको हो ।

आक्रमणमा परि हात भाँच्चिएर घाइते भएका सशस्त्र प्रहरी जवान महेशले भने, “बेल्चा र लठ्ठी बोकेर आएको ५०र६० जनाको हुलले अन्धाधुन्द हाम्रो टोलीमाथि आक्रमण गर्न थालि हाल्यो , जसोतसो गरेर भागेर ज्यान जोगायौं।”

पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले भने, ओरिया खोलामा रहेको ४२४ नम्बर पिल्लरस्थित दशगजा क्षेत्रमा गस्तीमा गएको टोलीमाथि भारतीय बालुवा तस्करले आक्रमण गर्दा २ जना सशस्त्र प्रहरी जवान घाइते भएको बताए ।

उनले भने,ु घाइते दुवैजनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ। ढुंगा लागेर अरु पनि १र२ जना जवान सामान्य घाइते छन् ।ु नेपाली भूमिको ओरीया खोलामा भारतीयले गर्दै आएको बालुवा तस्करी रोक्ने क्रममा यसअघि पनि पटकपटक नेपाली सुरक्षाकर्मीमाथि भारतीयले आक्रमण गरि घाइते बनाएका थिए ।

२०७३ भदौ २९ गते पनि नेपाली भूमिमा छिरेर ओरीया खोलाबाट बालुवा तस्करी गरेका भारतीयहरुको आक्रमणबाट सशस्त्र प्रहरी हवल्दार राजकुमार माझी र स्थानीय प्रभु चौधरी घाईते भएका थिए । २०७३ कै साउन २२ गते पनि ओरीया खोलामै अवैध रुपमा बालुवा उत्खनन् गरिरहेका भारतीयलाई रोक्न गएका नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए ।

त्यसबेला भारतीयको आक्रमणबाट पर्साको भीखमपुरमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरी जवान रत्नेस साह घाइते भएका थिए । २०७३ फागुन १२ गते नेपाली भूमिको ओरीया खोलामा बालुवा तस्करी गर्न ३०र३५ वटा टयाक्टर लिएर आएका भारतीयलाई पिपरडारीका नेपालीले धपाउने क्रममा दुवै पक्ष बीच झडप पनि भएको थियो ।

त्यस बेलाको झडपमा भारतीयको आक्रमणबाट पिपरडारीका चारजना गाउँले घाइते भएका थिए । झडपका क्रममा पिपरडारीका गाँउलेले भरुवा बन्दुकबाट दुई राउण्ड हवाइ फायर पनि गरेका थिए ।

नेपाली भूमिमा वर्षौदेखि भारतीयको दादागिरी

नेपाली भूमीमै पर्ने ओरीया खोलाबाट भारतीयले वर्षौदेखि बालुवा उत्खनन् गरेर भारततर्फ तस्करी गर्दै आएका छन् । भारतीय सीमासँग जोडिएको नेपालको पिपरडारी ,पाण्डेपुर र बिसुनपुर्वामा अवस्थित दशगजा क्षेत्रमा ओरिया खोला पर्छ ।

भारतीयहरुले दशगजा क्षेत्रमा रहेको ४२४ नम्बरको सीमा स्तम्भबाट पनि एक किलोमिटर नेपाल तर्फको भूमीमै छिरेर टयाक्टर र गाडामा बालुवा उत्खनन् गरेर भारत लैजाने गरेका छन् ।

उनीहरुले खोलाको छेउमा रहेको खेतमा नेपाली किसानले लगाइएको बाली उखेलेर पनि बालुवा उत्खनन् गरेर लैजाने गरेको स्थानीयले बताए।
भारतीयले नेपाली भूमीको ओरिया खोलबाट दिनहुँ दुई तीन सय टयाक्टर बालुवा अवैध रुपमा उत्खनन् गरेर भारतको भंगहा, ईनरवा, सिक्टा, बेतिया र नरकंटियागन्ज सम्म लगेर बिक्री वितरण गर्दै आएका छन् ।

सीमावर्ती भारतीय गाँउ गदियानी र भंगहाका भारतीयले नेपाली भूमि पनि मिचेका छन् । दशगजा क्षेत्रमा रहेको ४२३ नम्बरको मुख्य सीमा स्तम्भ करिब एक दशक अगाडि ओरीया खोलामा आएका बाढीले बगाएपछि भारतीयले खोलाको छेउको खेती योग्य नेपाली भूमि आफ्नो भएको दाबी गर्दै आएको स्थानीय श्यमसुन्दर महतो थारुले बताए ।

उनले भने, नेपाल तर्फको दुइ किलोमिटर भित्रसम्म पनि पसेर हाम्रो खेतमा लगाइएको बाली उखेलेर भारतीयले बालुवा खनेर लैजान्छन्। यति धेरै हेप्दा पनि नेपालको सरकारले आज सम्म केहि बोल्न सकेको छैन । नेपालको खोलामा बालुवा तस्करी गर्न आउने भारतीयहरुले नेपाली चेलीबेटीहरुलाइ जिस्काउने र अभद्र व्यवहार पनि गर्ने गरेको स्थानीय कारी चौधरीले बताए ।

प्रतिकृया दिनुहोस्

जिल्ला अस्पताल विजुवारको विद्युत समस्या हलहुने (भिडियो सहित)

जिल्ला अस्पताल बिजुवारमा नयाँ विद्युत लाइन जडान गरिएको छ । अस्पतालमा प्रयाप्त विद्युत प्रभाह नभएका...

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...