News Portal

रेडियो सुन्नुहोस्

ओली सरकार गठन भएको तीन बर्ष पूरा

सिखबर संवाददाताफागुन ४
११५७ पटक
फागुन ४

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन बर्षे कार्यकालमा भएको कामको फेहरिस्त जनतालाई जानकारी गराउनु भएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको तीन बर्ष पूरा भएको अवसरमा आज प्रधानमन्त्री ओलीले कामको बिवरण जनतासमक्ष सार्वजनिक गर्नुभएको हो ।

ओली २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भई कार्यभार सम्हाल्नु भएको थियो । आफ्नो कार्यकालको उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुको असहयोगको पोल पनि खोल्नुभएको छ । उहाँले दुई तिहाई बहुमतको अवस्थामा रहेको भएपनि विभिन्न दलको गठबन्धन सरकारले जस्तो नियति आफूले बेहोर्नुपरेको बताउनु भयो । तीनवर्षे कार्यकालका प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो एक वर्षदेखि झण्डै दुईतिहाई सांसदको समर्थन प्राप्त सरकारले विभिन्न दलको गठबन्धन सरकारले जस्तो नियति बेहोर्नुपरेको बताउनु भएको हो ।

‘शुरुदेखि नै सरकार सञ्चालनमा केही अप्ठ्याराहरु त थिए नै । विभिन्न ढंगले काममा व्यवधान खडा गरिएकै थियो । खासगरी पछिल्लो एक वर्षदेखि झण्डै दुईतिहाई सांसदको समर्थन प्राप्त यस सरकारले विभिन्न दलको गठबन्धन सरकारले जस्तो नियति बेहोर्नुपर्यो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एकातिर जनताको उच्च आकांक्षा सम्बोधन गर्नुपर्ने, अर्कोतिर आफ्नै खुट्टामा अल्झिएर अलमलिए मैं सरकारले काम गर्न नपाउने अवस्था सिर्जना भयो ।’

उहाँले ३ वर्षदेखि संवैधानिक आयोगहरु पदाधिकारीविहीन भएको र नियुक्ति, प्रक्रियामै जान नदिएको तथ्य पनि खोल्नुभयो । सरकारी निकायका कतिपय कार्यकारी पदमा अनुपयुक्त पात्र अघि सार्ने वा नियुक्ति नै हुन नदिनेगरी समानान्तर सत्ता सञ्चालनको अभ्यास भएको उहाँको भनाई छ ।
‘सकेसम्म अल्मल्याउने, अल्मल्याउन नसके निहुँ खोजेर कामै गर्न नदिने तहमा आफ्नै दलका साथीहरु उत्रनु भयो । यद्यपि, नेकपाको शीर्ष तहमा रहेका केही नेताहरुको अतृप्त आकाङ्क्षा र कुण्ठाको बाछिटा व्यवस्थापिकामा नपरोस् भन्नेमा म हरदम सतर्क रहेकै हूँ। विगत वर्षदिन देखि ’समयभन्दा अगावै’ निर्वाचनको बाटोमा हिँड्न नपरोस् भनेर अनेकौँ लाञ्छना सहेरै अप्ठ्यारो परिस्थितिलाई अन्यत्र मोड्ने प्रयास गरेको पनि हुँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

आफ्नो उपलब्धी राख्ने क्रममा उहाँले पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल समुहले गरेको सवै हर्कतको तथ्य पनि खोल्नुभएको छ । ‘गठबन्धन सरकारको अर्को कुनै समूहले झै, आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री बिरुद्ध अचानक फौजदारी अभियोग वितरण गरी पृथक बाटोबाट सरकारमाथि हमला गर्ने र सके विस्थापन गर्ने बाटोमा हिँड्न तम्सिरहेका नेताहरुलाई सम्झाउने र स्थितिलाई परिवर्तन गर्ने प्रयत्न मैले गत पुस ५ गते दिउसो २ बजेसम्म नै जारी राखें,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...