News Portal

रेडियो सुन्नुहोस्

नेपालले खरिद गरेको १० लाख मात्रा खोप आइतवार दिउँसो काठमाडौं आइपुग्ने

सिखबर संवाददाताफागुन ८, काठमाडौं
८७६ पटक
फागुन ८, काठमाडौं

सरकारले भारतसँग किनेको कोरोना भाइरसविरुद्धको २० लाख मध्ये १० लाख डोज आइतवार दिउसो काठमाडौं आइपुग्ने भएको छ । सिरम इन्ष्टिच्युटबाट उत्पादित कोभिसिल्ड खोप आइतवार एयर ईन्डियाको दिल्ली–काठमाडौंको साढे एक बजेको उडानबाट आउन लागेको हो । उक्त खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डारण गरिने भएको छ ।

फागुन २३ गतेदेखि संचालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र मार्फत जिल्ला स्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । सम्झौता बमोजिम बाँकी खोप उत्पादकसँगको आपसी सहमतिमा स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ती तालिका अनुसार चाँडै नै प्राप्त हुने उहाले बताउनु भयो ।

यसअघि प्रधानमन्त्री केपी ओलीले कोरोनाभाइरसविरुद्ध थप १० लाख मात्रा खोप आइतवार भारतबाट आउने जानकारी दिनु भएको थियो । “भोलि फेरि १० लाख मात्राको खोप किनेर भारतबाट ल्याउँदैछौँ । केही दिनपछि चीनबाट ल्याउँदैछौँ र केही दिनपछि फेरि भारतबाट ल्याउँदैछौँ”, प्रधानमन्त्री ओलीले शनिवार विराटनगरमा आयोजित पार्टीको जनसभामा बोल्दै जानकारी दिनु भएको थियो ।

नेपालले बंगलादेशको भन्दा प्रतिखोपमा डेढ डलर कममा खरिद गरेको थियो । नेपालले प्रति डोज ४ डलमा किन्दा बंगलादेशले सोही खोप साढे पाँच डलरमा खरिद गरेको छ । जसले गर्दा नेपालले करिव ३५ करोड रुपैयाँ बचत गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...