News Portal

रेडियो सुन्नुहोस्

नेपालले खरिद गरेको १० लाख मात्रा खोप आइतवार दिउँसो काठमाडौं आइपुग्ने

सिखबर संवाददाताफागुन ८, काठमाडौं
९८६ पटक
फागुन ८, काठमाडौं

सरकारले भारतसँग किनेको कोरोना भाइरसविरुद्धको २० लाख मध्ये १० लाख डोज आइतवार दिउसो काठमाडौं आइपुग्ने भएको छ । सिरम इन्ष्टिच्युटबाट उत्पादित कोभिसिल्ड खोप आइतवार एयर ईन्डियाको दिल्ली–काठमाडौंको साढे एक बजेको उडानबाट आउन लागेको हो । उक्त खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डारण गरिने भएको छ ।

फागुन २३ गतेदेखि संचालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र मार्फत जिल्ला स्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । सम्झौता बमोजिम बाँकी खोप उत्पादकसँगको आपसी सहमतिमा स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ती तालिका अनुसार चाँडै नै प्राप्त हुने उहाले बताउनु भयो ।

यसअघि प्रधानमन्त्री केपी ओलीले कोरोनाभाइरसविरुद्ध थप १० लाख मात्रा खोप आइतवार भारतबाट आउने जानकारी दिनु भएको थियो । “भोलि फेरि १० लाख मात्राको खोप किनेर भारतबाट ल्याउँदैछौँ । केही दिनपछि चीनबाट ल्याउँदैछौँ र केही दिनपछि फेरि भारतबाट ल्याउँदैछौँ”, प्रधानमन्त्री ओलीले शनिवार विराटनगरमा आयोजित पार्टीको जनसभामा बोल्दै जानकारी दिनु भएको थियो ।

नेपालले बंगलादेशको भन्दा प्रतिखोपमा डेढ डलर कममा खरिद गरेको थियो । नेपालले प्रति डोज ४ डलमा किन्दा बंगलादेशले सोही खोप साढे पाँच डलरमा खरिद गरेको छ । जसले गर्दा नेपालले करिव ३५ करोड रुपैयाँ बचत गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...