News Portal

रेडियो सुन्नुहोस्

पशुपतिमा १०८ किलो सुनको जलहरी

सर्वोच्चले माग्यो लिखित जवाफ

सिखबर संवाददाता१३ फागुन, काठमाडौं
११६८ पटक
१३ फागुन, काठमाडौं

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा १०८ किलो सुनको जलहरी राखेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बुधबार सुनको जलहरी (सुवर्ण पीठिका) अनावरण गरिएको हो।

कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले ८५ करोड रुपैयाँ खर्चिएर पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको शिवलिंगको तल्लो भागमा जलहरी राखिएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते पूजा गर्न आएका बेला उक्त कार्यका लागि सरकारका तर्फबाट ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए। एक दाताले २ करोड नगद, अर्काले एक किलो सुन, अर्काले १० किलो चाँदी दिएका थिए। कोषले आह्वान गरेपछि सर्वसाधारणले कोषको बैंक खातामा ४० लाख प्रदान गरेका थिए।

‘यस्तो स्वर्ण सौभाग्य विरलै पाइन्छ। सम्पूर्ण नेपालीले त्यो अहोभाग्य पाएका छन्’, श्रीपशुपतिनाथ मन्दिरको सुनको जलहरी निर्माण एवं व्यवस्थापन समितिका संयोजकसमेत रहेका डा. थापाले भने।

तत्कालीन राजा रणबहादुर शाहले पहिलो पटक १८३८ सालको श्रीपञ्चमीमा तामाको जलहरी स्थापना गरेका थिए। उक्त जलहरी जीर्ण भएपछि तत्कालीन राजा महेन्द्र शाहले २०२४ माघ २० गते चाँदीको जलहरी फेरेका थिए।

सुनको जलहरी राख्ने कामको मूलकर्ताका रूपमा प्रधानमन्त्री ओली रही राष्ट्रपति भण्डारी मन्दिर पुगी जलहरी राख्ने काम भएको हो। राष्ट्रपति भण्डारीले जलहरीको शिलालेख अनावरण गरी प्राणप्रतिष्ठा गरिन्। राष्ट्रपतिले सोही क्रममा महाकुम्भ रुद्राभिषेक, सवा लाख दीप प्रज्वलन र हवनसमेत गरिन्। कर्ता र साक्षीका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, मूलभट्ट गणेश भट्ट, संस्कृति मन्त्रालयका सचिव यादव कोइराला, कोषका सदस्यसचिव डा. प्रदीप ढकाल, कोषाध्यक्ष डा. थापा र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम छन्।

कोषका सदस्यसचिव डा. ढकालले राष्ट्र बैंकबाट सुन ल्याएर १३ जना कालिगढमार्फत १० दिन लगाएर सुनको जलहरी निर्माण गरिएको बताए। ‘सुनको जलहरी राख्ने भएपछि विरोध आएको छ तर कोषले पुरातत्व विभागको मापदण्डअनुरुप नै काम गरेको हो’, सदस्यसचिव डा। ढकालले भने।

उनका अनुसार कोषले यो काम तीन वर्षअघि अगाडि बढाएको हो। तर, हल्ला चलाइएजस्तो इतिहास बिगार्ने काम नभएको उनको तर्क छ। ‘मूलभट्ट, भट्ट, भण्डारी, विज्ञ र सरोकारवाला सबैसँग सल्लाह गरेर जलहरी राखेका हौं’, उनले भने, ‘सर्वोच्च अदालतमा रिट हालेको भन्ने कुरा कोषलाई लिखित रूपमा आएको छैन।’

कोषले यसअघि मूलभट्टको संयोजकत्वमा समिति बनाए पनि काम अघि बढेन। त्यसपछि कार्यसम्पादन समितिले कोषाध्यक्ष डा. थापाको संयोजकत्वमा समिति बनाएको हो। कोषले शिवरात्रिका दिन जलहरी राख्ने लक्ष्यसाथ काम अघि बढाएकामा प्रधानमन्त्रीको निर्देशनपछि महिना दिनमै राखेको हो। कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले मूलभट्ट र भट्टलगायतले तीन दिनसम्म क्षमापूजा गर्ने जानकारी दिए।

जलहरी राख्न भारतको कर्णाटकका ३३ पुजारी ल्याइएको थियो। ‘३३ मध्ये चार जनाले चार वेद, दुई जनाले शिवमहापुराण र लिंग महापुराण वाचन गरे, जुन नेपालमै पहिलोपटक हो’, जलहरी निर्माण समितिका सदस्य राजु खत्रीले भने, ‘यस्तै एक पुजारीले आगम (वास्तु) र एकले तान्त्रिक पूजा गरेका थिए।’ पशुपतिसमेतका गरी १ सय २१ ब्राह्मणले पूर्ण विधिविधानसाथ सुनको जलहरी स्थापना गर्ने काम भएको उनले सुनाए।

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखेकै दिन सर्वोच्च अदालतले उक्त जलहरी मन्दिरमा नराख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मन्दिरमा जलहरी राख्ने काम नगर्नू भनी अन्तरिम आदेश जारी गरेका हुन्। सर्वोच्चले जलहरी राख्नुको लिखित कारण पनि सरकारसँग मागेको छ। प्रदेश सांसद नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले सोमबार छुट्टाछुट्टै रिट दायर गरेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...