News Portal

रेडियो सुन्नुहोस्

६ बुदे माग सहित जनस्वास्थ्य कर्मिहरुद्वारा नेपाल जनस्वास्थ्य संघको कार्यालयमा तालाबन्दी

बोम वहादुर परियार२८ फागुन, प्यूठान
५८१ पटक
२८ फागुन, प्यूठान

जनस्वास्थ्य कर्मिहरुको मागहरु सुनुवाई नभएपछि बुधबार नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्यालय ताल्छिखेल ललितपुरमा तालाबन्दि गरिएको छ । पटक पटक निर्बाचन मिति सारेको , सदस्यता मिति नथपेको , आर्थिक अनियमितता लागाएतका थुप्रै मागहरु सम्बोधन नहुदा कार्यालयमा तालाबन्दि गरिएको जनस्वास्थ्य सरोकार मंचका संयोजक जागृती पौडेलले बताउनु भयो । हामिले विषयको सम्बोधन होस भनि ३ दीनको म्याद दिइएकोमा नेपाल जनस्वास्थ्य सँघ केन्द्रिय समितिले कुनै चासो नदिई बेवास्ता गरेकोमा आम–जनस्वास्थ्य व्यवसायीहरुको तर्फबाट अनिश्चितकालिन तालाबन्दी गरिएको हो । साथै अझै पनि हामी जनस्वास्थ्य व्यवसायीहरु वार्ता तथा छलफलको माध्यमबाट उल्लेखित मागहरुको निकास होस् भनि चाहान्छौ र यो संघर्षमा सम्पुर्ण आम–जनस्वास्थ्य व्यवसायीहरुको साथको पनि अपेक्षा राख्ने उहाले बताउनु भयो ।

ज्ञापन पत्र सहित मागहरु निम्नानुसार रहेका छन ।
१. आम–जनस्वास्थ्य व्यवसायीहरु समक्ष पुर्व घोषित मितिमा निर्वाचन गर्नु नसक्नुको स्पष्ट कारण पेस गर्नु पर्ने
२. निर्बाचन मिति सर्दै गर्दा नयाँ तथा नबिकरण गर्न छुटेका जनस्वास्थ्य व्यवसायीहरुलाई पनि समेट्ने गरेर सदस्यता मिति थप्नुपर्ने र सदस्यता प्राप्त व्यवसायीहरुलाई तत्काल प्रमाणपत्र उपलब्ध गराउनु पर्ने
३. पहिलो नेपाल जनस्वास्थ्य कन्फरेन्स र अभियान नामक विषयमा भएको अनियमितता (आर्थिक र अन्य ) को छानबिन हुनुपर्ने ।
४. कोभिड १९ संक्रमण जस्तो विश्वव्यापी महामारीको समयमा पनि जनस्वास्थ्य सँघको भुमिका सुन्य रहेको कारण पेस गर्नुपर्ने
५. नेपाल सरकारको स्वास्थ्य क्षेत्रको संस्थागत पुर्नसंरचना तथा रिक्त रहेका दरबन्दी संरचना पुर्ति गर्नका लागी माग गर्नमा नतिजामुखि भुमिका खेल्न नसकेकोमा सार्बजनिक माफि माग्नु पर्ने
६.स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पटक पटक गरेका सम्झौताहरुको कार्यन्वयन किन नभएको भन्ने बिषयमा सार्बजनिक गर्नुपर्ने

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...