News Portal

रेडियो सुन्नुहोस्

६ बुदे माग सहित जनस्वास्थ्य कर्मिहरुद्वारा नेपाल जनस्वास्थ्य संघको कार्यालयमा तालाबन्दी

बोम वहादुर परियार२८ फागुन, प्यूठान
१०९३ पटक
२८ फागुन, प्यूठान

जनस्वास्थ्य कर्मिहरुको मागहरु सुनुवाई नभएपछि बुधबार नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्यालय ताल्छिखेल ललितपुरमा तालाबन्दि गरिएको छ । पटक पटक निर्बाचन मिति सारेको , सदस्यता मिति नथपेको , आर्थिक अनियमितता लागाएतका थुप्रै मागहरु सम्बोधन नहुदा कार्यालयमा तालाबन्दि गरिएको जनस्वास्थ्य सरोकार मंचका संयोजक जागृती पौडेलले बताउनु भयो । हामिले विषयको सम्बोधन होस भनि ३ दीनको म्याद दिइएकोमा नेपाल जनस्वास्थ्य सँघ केन्द्रिय समितिले कुनै चासो नदिई बेवास्ता गरेकोमा आम–जनस्वास्थ्य व्यवसायीहरुको तर्फबाट अनिश्चितकालिन तालाबन्दी गरिएको हो । साथै अझै पनि हामी जनस्वास्थ्य व्यवसायीहरु वार्ता तथा छलफलको माध्यमबाट उल्लेखित मागहरुको निकास होस् भनि चाहान्छौ र यो संघर्षमा सम्पुर्ण आम–जनस्वास्थ्य व्यवसायीहरुको साथको पनि अपेक्षा राख्ने उहाले बताउनु भयो ।

ज्ञापन पत्र सहित मागहरु निम्नानुसार रहेका छन ।
१. आम–जनस्वास्थ्य व्यवसायीहरु समक्ष पुर्व घोषित मितिमा निर्वाचन गर्नु नसक्नुको स्पष्ट कारण पेस गर्नु पर्ने
२. निर्बाचन मिति सर्दै गर्दा नयाँ तथा नबिकरण गर्न छुटेका जनस्वास्थ्य व्यवसायीहरुलाई पनि समेट्ने गरेर सदस्यता मिति थप्नुपर्ने र सदस्यता प्राप्त व्यवसायीहरुलाई तत्काल प्रमाणपत्र उपलब्ध गराउनु पर्ने
३. पहिलो नेपाल जनस्वास्थ्य कन्फरेन्स र अभियान नामक विषयमा भएको अनियमितता (आर्थिक र अन्य ) को छानबिन हुनुपर्ने ।
४. कोभिड १९ संक्रमण जस्तो विश्वव्यापी महामारीको समयमा पनि जनस्वास्थ्य सँघको भुमिका सुन्य रहेको कारण पेस गर्नुपर्ने
५. नेपाल सरकारको स्वास्थ्य क्षेत्रको संस्थागत पुर्नसंरचना तथा रिक्त रहेका दरबन्दी संरचना पुर्ति गर्नका लागी माग गर्नमा नतिजामुखि भुमिका खेल्न नसकेकोमा सार्बजनिक माफि माग्नु पर्ने
६.स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पटक पटक गरेका सम्झौताहरुको कार्यन्वयन किन नभएको भन्ने बिषयमा सार्बजनिक गर्नुपर्ने

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...