News Portal

रेडियो सुन्नुहोस्

जेष्ठ नागरिकलाई सम्मान

बासुदेव गिरीचैत ६ प्युठान
११४८ पटक
चैत ६ प्युठान

झिमरुक गाउँपालिका-३ का १५ जना जेष्ठ नागरिक सम्मानित भएका छन् । वडा कार्यालयले उनीहरुलाई विहीबार एक कार्यक्रम गरि सम्मान गरेको हो ।

७० वर्ष उमेर माथीका १५ जना जेष्ठ नागरिकलाई वडाले सम्मान गरेको वडा अध्यक्ष मिन बहादुर खत्रीले बताए । ‘सम्मान सहित उहाँहरुलाई एकरएक थान बल्यान्केट दिइएको छ,’ अध्यक्ष खत्रीले भने,‘वार्षिक कार्यक्रम मार्फत यो कार्यक्रम गरिएको हो ।’

वडा कार्यालयले आफूहरुलाई सम्मान गर्दा जेष्ठ नागरिक खुशी भएका छन् । उनीहरुले स्थानीय सरकारले जेष्ठ नागरिकलाई गरेको सम्मान कार्यक्रम निरन्तरता दिन समेत आग्रह गरेका छन् ।

कार्यक्रममा जेष्ठ नागरिकलाई खीर र फलफुल खुवाइएको वडा सचिव इश्वरी पाण्डेले बताए । यसैगरि वडाका अपाङ्गता भएका क वर्गका व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम रहेको समेत उनले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...