News Portal

रेडियो सुन्नुहोस्

जेष्ठ नागरिकलाई सम्मान

बासुदेव गिरीचैत ६ प्युठान
८५४ पटक
चैत ६ प्युठान

झिमरुक गाउँपालिका-३ का १५ जना जेष्ठ नागरिक सम्मानित भएका छन् । वडा कार्यालयले उनीहरुलाई विहीबार एक कार्यक्रम गरि सम्मान गरेको हो ।

७० वर्ष उमेर माथीका १५ जना जेष्ठ नागरिकलाई वडाले सम्मान गरेको वडा अध्यक्ष मिन बहादुर खत्रीले बताए । ‘सम्मान सहित उहाँहरुलाई एकरएक थान बल्यान्केट दिइएको छ,’ अध्यक्ष खत्रीले भने,‘वार्षिक कार्यक्रम मार्फत यो कार्यक्रम गरिएको हो ।’

वडा कार्यालयले आफूहरुलाई सम्मान गर्दा जेष्ठ नागरिक खुशी भएका छन् । उनीहरुले स्थानीय सरकारले जेष्ठ नागरिकलाई गरेको सम्मान कार्यक्रम निरन्तरता दिन समेत आग्रह गरेका छन् ।

कार्यक्रममा जेष्ठ नागरिकलाई खीर र फलफुल खुवाइएको वडा सचिव इश्वरी पाण्डेले बताए । यसैगरि वडाका अपाङ्गता भएका क वर्गका व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम रहेको समेत उनले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...