News Portal

रेडियो सुन्नुहोस्

मन्त्री रिजालको सचिवालयद्वारा स्वास्थ्यसामाग्री हस्तान्तरण

सुजाता थापा क्षेत्री११ जेठ, २०७८ / प्यूठान
१५३६ पटक
११ जेठ, २०७८ / प्यूठान

लुम्विनी प्रदेशका ग्रामिण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालको सचिवालयले जिल्ला अस्पत्ताललाई अत्यावस्यक स्वास्थ्यसामाग्री हस्तान्तरण गरेको छ। “माननिय मन्त्रीज्यूको पहलमा आएको स्वास्थ्यसामाग्री आज जिल्ला अस्पत्ताललाई हस्तान्तरण गरेका छौँ।” सचिवालयमा कार्यरत विनोद भण्डारीले भन्नुभयो– “अक्सिजन सिलेन्डर, पिपिई लगायत संक्रमितको उपचारका लागी आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हौँ।”

जिल्ला अस्पत्ताल प्यूठानमा २० सिलेन्डर ठुलो (अक्सिजनसहित), पिपिई सेट २०० थान, केएन ९५ मास्क २०० थान, ग्लव्स २०० सेट, फेससिल्ड २०० थान, सुजकवर २०० सेट, गम्वुड २४ सेट र अक्सिजन कन्सन्टेटर १ थान र ८०० वटा एन्टिजेन परिक्षण किट हस्तान्तरण गरिएको हो। सामाग्री वुझदै जिल्ला अस्पत्ताल प्यूठानका मेडिकल सुपरिटेण्डेन्ट नविन दर्नालले प्राप्त सामाग्रीले उपचारको क्रमका सहज वनाउने वताउनु भयो। उहाँका अनुसार हाल पिपिई लगायतका सामाग्रीहरु सकिनै लागेको अवस्था थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...