News Portal

रेडियो सुन्नुहोस्

मन्त्री रिजालको सचिवालयद्वारा स्वास्थ्यसामाग्री हस्तान्तरण

सुजाता थापा क्षेत्री११ जेठ, २०७८ / प्यूठान
१५०३ पटक
११ जेठ, २०७८ / प्यूठान

लुम्विनी प्रदेशका ग्रामिण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालको सचिवालयले जिल्ला अस्पत्ताललाई अत्यावस्यक स्वास्थ्यसामाग्री हस्तान्तरण गरेको छ। “माननिय मन्त्रीज्यूको पहलमा आएको स्वास्थ्यसामाग्री आज जिल्ला अस्पत्ताललाई हस्तान्तरण गरेका छौँ।” सचिवालयमा कार्यरत विनोद भण्डारीले भन्नुभयो– “अक्सिजन सिलेन्डर, पिपिई लगायत संक्रमितको उपचारका लागी आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हौँ।”

जिल्ला अस्पत्ताल प्यूठानमा २० सिलेन्डर ठुलो (अक्सिजनसहित), पिपिई सेट २०० थान, केएन ९५ मास्क २०० थान, ग्लव्स २०० सेट, फेससिल्ड २०० थान, सुजकवर २०० सेट, गम्वुड २४ सेट र अक्सिजन कन्सन्टेटर १ थान र ८०० वटा एन्टिजेन परिक्षण किट हस्तान्तरण गरिएको हो। सामाग्री वुझदै जिल्ला अस्पत्ताल प्यूठानका मेडिकल सुपरिटेण्डेन्ट नविन दर्नालले प्राप्त सामाग्रीले उपचारको क्रमका सहज वनाउने वताउनु भयो। उहाँका अनुसार हाल पिपिई लगायतका सामाग्रीहरु सकिनै लागेको अवस्था थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...