News Portal

रेडियो सुन्नुहोस्

विपन्न परिवारलाइ ओरेन्टोद्धारा खाद्य सामग्री वितरण

सिखबर संवाददाता३ असार २०७८
६२७ पटक
३ असार २०७८

प्युठान  , प्युठान नगरपालीकाका अती विपन्न परिवारलाइ अाेरेन्टाे मन्टी प्रालीले विहिवार राहत सामग्री वितरण गरेकाे छ।

प्युठान स्वर्गद्धारी सेवा समाज दुवईका अध्यक्ष हेमन्त घिमिरेको पहलमा कोरोना भाइरसको दोश्रो लहरबाट थला परेका प्युठान नगरपालिका वडा नं. २ र ३ का अति विपन्न परिवारका ४० घरधुरीका परिवारका सदस्यलाई ८० हजार बरावरको राहत सामग्री वितरण गरिएको हो। ओरेन्टो मल्टी प्रालिका इन्द्रीरा जमरकट्टेलद्धारा एक परिवारको लागि २५ के.जी चामल, १ लिटर तेल , १ केजी दाल , नुन , दुई केजी आलु , १ केजी प्याज , २ प्याकेट चाउचाउ र १ प्याकेट विस्कुट राहत सामग्री प्रदान गरिएको हो।
महामारीको समयमा दैनिक मजदुरी गरेर खाने, रोजगार गुमाएका मजदुरका लागि खाद्यान्य सहयोग गरेकोमा ओरेन्टो मल्टी प्रालिलाई कार्यक्रममा सहभागि प्युठान नगरपालिका वडा नंंं ३ का वडा अध्यक्ष प्रेम हमालले धन्यवाद ब्यक्त गर्नुभएको छ।
राहत वितरण कार्यक्रममा प्युठान नगरपालिका वडा नंं २ र ३ का वडा अध्यक्ष , स्थानिय लगाएतको उपस्थिति रहेको कार्यक्रमको समन्वय प्युठान स्वर्गद्धारी सेवा समाजका सदस्य विक्रम विष्टले गर्नुभएको थियो।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कर्मचारी संगठनले मनायो ३५ औं स्थापना दिवस, मृगौला पीडितलाई सहयोग

नेपाल निजामती कर्मचारी संगठन प्यूठानले स्थापना दिवसको अवसर पारेर मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ...

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...