News Portal

रेडियो सुन्नुहोस्

विपन्न परिवारलाइ ओरेन्टोद्धारा खाद्य सामग्री वितरण

सिखबर संवाददाता३ असार २०७८
९४१ पटक
३ असार २०७८

प्युठान  , प्युठान नगरपालीकाका अती विपन्न परिवारलाइ अाेरेन्टाे मन्टी प्रालीले विहिवार राहत सामग्री वितरण गरेकाे छ।

प्युठान स्वर्गद्धारी सेवा समाज दुवईका अध्यक्ष हेमन्त घिमिरेको पहलमा कोरोना भाइरसको दोश्रो लहरबाट थला परेका प्युठान नगरपालिका वडा नं. २ र ३ का अति विपन्न परिवारका ४० घरधुरीका परिवारका सदस्यलाई ८० हजार बरावरको राहत सामग्री वितरण गरिएको हो। ओरेन्टो मल्टी प्रालिका इन्द्रीरा जमरकट्टेलद्धारा एक परिवारको लागि २५ के.जी चामल, १ लिटर तेल , १ केजी दाल , नुन , दुई केजी आलु , १ केजी प्याज , २ प्याकेट चाउचाउ र १ प्याकेट विस्कुट राहत सामग्री प्रदान गरिएको हो।
महामारीको समयमा दैनिक मजदुरी गरेर खाने, रोजगार गुमाएका मजदुरका लागि खाद्यान्य सहयोग गरेकोमा ओरेन्टो मल्टी प्रालिलाई कार्यक्रममा सहभागि प्युठान नगरपालिका वडा नंंं ३ का वडा अध्यक्ष प्रेम हमालले धन्यवाद ब्यक्त गर्नुभएको छ।
राहत वितरण कार्यक्रममा प्युठान नगरपालिका वडा नंं २ र ३ का वडा अध्यक्ष , स्थानिय लगाएतको उपस्थिति रहेको कार्यक्रमको समन्वय प्युठान स्वर्गद्धारी सेवा समाजका सदस्य विक्रम विष्टले गर्नुभएको थियो।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...