News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा अज्ञात समुहको आक्रमणबाट एक युवककाे मृत्युु,एक गम्भीर घाइते

रविन विश्वकर्मा१५ असार २०७७/ प्यूठान
११६३ पटक
१५ असार २०७७/ प्यूठान

प्यूठानमा अज्ञात समुहको अाक्रमणबाट एक जनाकाे मृत्युु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन्।प्यूठान नगरपालीका–१० मरन्ठाना कोट निवासी २४ बर्षिय नरेन्द्र पुन मगर(हेमन्त)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएकाे छ।प्रहरीका अनुसार साेहि ठाउँ निवासी वर्ष २४ का सुरेस बस्नेत गम्भीर घाइते भएका छन्।आइतबार बिहान सांढे ९ बजेतिर साथीसंगै नेपाने दिदिको घरमा कामगर्न भनी निस्केका पुन र उनका साथी साेमबार बिहान ६ बजेतिर नेपानेकाे गाउँमै मृत र अचेत अवस्थामा फेला परेका हुन्।मृतक र घाइते दुबै एक्कै ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिए।मृतक र गम्भीर घाईते बस्नेतकाे अनुहार र टाउकाेमा चाेट लागेकाे छ।वस्नेतलाई जिल्ला अस्पताल प्युठानमा सामान्य उपचार पश्चात् थप उपचारका लागी भैरहवा रिफर गरिएको छ।अहिले उनकाे युनिभर्सल मेडिकल कजेले भैरहवामा उपचार भैरहेकाे डिएसपी मल्लले बताए।

अाइतबार दुबैले दिनभरी काम गरेर सांझ घर जान्छौं भनी सकुशल त्यहाँबाट हिडेकाे मृतकका दिदी सुन्तली पुन मगरले बताइन्।काम गरेर हिडेका दुइ युवालाइ घर फर्कने क्रममा अज्ञात समुहले अाक्रमण गरि हत्या गरेको स्थानियले बताएका छन्।राती करिब ९ बजेको समयमा अज्ञात समुहले छोरोकाे हत्या गरेको मृतकका बुबा गोर बहादुर पुन मगरले बताए।‘दुइ गाउ“का युवाको बिचमा पहिलेदेखीनै रिसिबि थियो,’उनले भने,‘हत्याराको पहिचान नभएसम्म लास उठाउदैनौ।’नेपाने र पातिहाल्ना कोटका युवाहरुका बिचमा पहिलेदेखी बिभिन्न बिषयमा झगडा हुदै आएको थियो।
अहिले शवलाई प्युठान अस्पताल बिजुवारकाे शव गृहमा राखिएकाे छ।जब सम्म हत्याराकाे पहिचान गरी दाेषिलाई कार्वाही हुदैन तब सम्म शवकाे कुनै जिम्मा नलिने परिवार पक्षकाे अडान छ।शव र घाइते दुबै जनालाइ स्थानीयले बिहान मात्रै देखेका थिए।याे घटनाले अहिले गाउँ नै त्रसित भएकाे छ।घटनाकाे बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख मल्लकाे भनाइ छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...