News Portal

रेडियो सुन्नुहोस्

मनकला हत्या प्रकरणः आफ्नै भतीजले गरे काकीको हत्या

राजेन्द्र कार्की  १५ साउन २०७८ जाजरकोट
१११९ पटक
  १५ साउन २०७८ जाजरकोट

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ४, की मनकला खत्री खड्कालाई आफ्नै जेठाजुका छोरा भतीजहरुले हत्या गरेको खुलेको छ।

साउन ११ गते सोमबार २६ वर्षीया खड्काको विभत्स हत्यामा भतीजहरुको नै हात रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । घर नजिकै गोठमा रहेका भैंसीलाई घाँस हाल्न गएकी खड्काको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव भेटियो । त्यसको २ दिनपछि हत्यारा पत्ता लागेका छन् । प्रहरीले मुसिकोटमा बिहीबार पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो ।

मृतक खड्काकै सहोदर भतीजा जेठाजुका दुई नाबालक छोराले उनको हत्या भएको खुलेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए । १५ र ११ वर्षका दुई सहोदर दाजु(भाइ मिलेर मनकलाको हत्या गरेको डिएसपी श्रेष्ठले बताए ।

नाबालक भएकाले प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । मृतकले घाँटी, नाक, कानमा लगाएको गरगहना समेत ती दाजुभाइले घरमा राखेको भेटिएको डिएसपी श्रेष्ठले बताए । मृतकको शरीरबाट हराएका सबै गरगहना, एउटा खुर्पा, उनीहरुले घटनाका बेला लगाएका कपडा पनि प्रहरीले फेला पारेको छ ।

उनीहरुले हत्या गरेको स्वीकारेपछि प्रहरीले उनीहरुलाई फेरि घटनास्थल लिएर आवश्यक प्रमाण संकलन गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट दाजुभाइको संलग्नता देखिएको र बाँकी अनुसन्धान भने भइरहेको प्रहरीले जनाएको छ । पुरानो रिसिवी र परम्परागत मान्यताका कारण घटना भएको निष्कर्ष प्रहरीको छ ।

केही समयअघि मृतक खड्काले १५ वर्षीय ती भतीजलाई १५ हजार नगद चोरी गरेको आरोप लगाएपछि रिसिबी साँध्न घटना भएको प्रहरीको भनाइ छ । घटना भएको दिन मृतकले दाजुभाइले काटेको घाँस नाघेपछि रिसको आवेगमा अन्टीलाई खुर्पा हानेको स्वीकार गरेको डिएसपी श्रेष्ठले बताए ।

मनकलाको हत्या भएपछि ती दाजुभाइ मृतकको कोठामा गएर बाकस समेत खोलेको पुष्टि भएको डिएसपी श्रेष्ठले बताए । प्रहरीले सुरुमा तीन बाबु छोरालाई सोधपुछका लागि ल्याएको थियो । बाँकी अनुसन्धान हुँदै जाने भनेर दुई दाजुभाइले हत्या गरेको विवरण प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

घटना अनुसन्धानका लागि प्रहरी तालिमप्राप्त कुकुर झिकाएको थियो । त्यस्तै प्रहरीको कर्णाली प्रदेश कार्यालयबाट अनुसन्धन ब्युरो टोली आएको थियो । प्रहरीले उनीहरु विरुद्ध कर्तव्य ज्यान, चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको डिएसपी श्रेष्ठले बताए । मृतकका श्रीमान बैदेशिक रोजगारको शिलशिलामा देश बाहिर छन् । उनका सात वर्षका छोरा र सासू घरमा छन् ।

 

-अन्नपुर्णबाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...