News Portal

रेडियो सुन्नुहोस्

जोखिमै छ जुम्री बजार क्षेत्र

‘स्थानीय भन्छन्,‘पहिलेको स्थानमा जुम्री खोलो फर्केयो भने जुम्री बजार बच्दैन’

सुजता थापा क्षत्री/तेजेन्द्र बिएम२०७८ साउन १५
१८०१ पटक
२०७८ साउन १५

प्यूठान । जुम्री खोलाकै बहाव अवरुद्ध हुने गरी प्यूठान नगरपालिका २, ३ र ४ वडाको सींमाना पर्ने जुम्री बजार क्षेत्रको बगरमा धमाधम घर घडेरी निर्माण भइरहेका छन् । यो क्षेत्रमा केहि वर्षयता नयाँ बजार बनेको छ । खोलाले विस्तार गरेको बहाव क्षेत्रमै आफ्नो निजी जमिन भन्दै स्थानीयले प्लटीङ गर्नेहरुलाई जग्गा बिक्रिगरेपछि पक्की संरचना निर्माण हुन थालेको हो योत्र क्रम रोकिएको छैन ।

सरकारले भवन निर्माणसंहितामा खोलाले बनाएको बगरमा भवन निर्माण गर्न नहुने गरी मापदण्ड बनाएको छ । तर, यहा“ यो नियम कार्यान्वयन छैन । विपद् व्यवस्थापनको दृष्टिले जोखिम रहेको क्षेत्रमै धमाधम घरहरु निर्माण भइरहँदा स्थानीय प्रशासन र नगरपालिका मुखदर्शक छन् । हिउँदमा खोलो सानो देखेर घडेरी किनेकाहरु बर्खा लागेपछि झस्किन्छन्, रातभरी निदाउदैनन् ।

जुम्री खोला आसपासका वस्ती तथा बजार क्षेत्रनै जोखिममा रहेको स्थानीय हेमन्त पाठकले बताउनुभयो । २०४४ सालमा नापिनक्सा हुँदा खोलको भाग कुनै स्थानमा १८ मिटर र साँघुरो भएको स्थानमा ४ मिटरचौडा सम्म नापी रहेको नापी कार्यालयको रेकर्डमा छ । हाल जुम्रीको पक्कि पुल भन्दा माथि खयरघारीसम्म खोलाको भागलाई सडक मानेर वरीपरि घरहरु निर्माण भएका छन् ।

 

स्थानीय अग्रज टंकबहादुर खड्काले जानकारी गराउनुभयो । ‘अहिले बगिरहेको खोला पुल देखि माथिको भाग निजि जग्गामा पर्दछ,’ पक्कि पुल भन्दा तल्लो क्षेत्रमा खोलो आफ्नै भागमा बगेको छ उहाले भन्नुभयो ।’ पहिले जुम्रीखोलोमा बाढी आउदा न्यूनतम ५० मिटर चौडा बगर बनाइ बग्ने गरेको स्थानीय बताउँछन् । ‘बाह्रवर्षमा खोलो फर्कन्छ भनिन्छ,’ जुम्री खोला किनार क्षेत्रमा घर भएका एक स्थानीयले भन्नुभयो,‘साच्चिकै पहिलेको स्थानमा जुम्री खोलो फर्केयो भने जुम्री बजार बच्दैन ।,’

भिडियो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...