News Portal

रेडियो सुन्नुहोस्

खलंगा सरोकार समुहद्वारा स्वास्थ्य सामग्रि वितरण

झुलेनी संवाददाता२०७८ साउन १९
१७३४ पटक
२०७८ साउन १९

प्यूठान । खलंगा सरोकार समुह प्यूठानले स्वास्थ्य संस्थालाइ स्वास्थ्य सामग्री वितरण गरेको छ ।   समुहले खलंगा प्राथमिक स्वास्थ्य केन्द्र प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र र धरमपानी स्वास्थ्य चौकिलाइ स्वास्थ्य सामग्रि हस्तान्तरण गरीएको हो । समुहका अनुसार पिपीइ सेट, सर्जिकल ग्लोव्स, लुज ग्लोव्स, फेसशिल्ड, ह्याण्ड सेनिटाइजर, सिरिञ्ज, केएन 95 मास्क, अटोमेटिक टच फ्री ह्याण्ड सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरीएको छ ।

 

खलंगा सरोकार समूहको समन्वयमा स्वर्गद्वारी महाप्रभू बचत तथा ऋण सहकारी संस्था काठमाडौंबाट रू ५०,१७३/, प्युठान काठमाडौँ नेवा समाज  रू. १५०७६/÷; खलंगा हाल काठमाडौं निवासी राजमणी श्रेष्ठ रु ९,५००/ थापाडाँडा हाल बुटवल निवासी समिर श्रेष्ठबाट रू. ४,५८०/ गरी जम्मा रू. ७९,३०९।– बराबरको स्वास्थ्य सामग्रि खरिद गरीएको हो । स्वास्थ्य सामग्री काठमाण्डौदेखि खलंगा सम्म कृष्णलक्ष्मी टुर एण्ड  ट्राभल्स ना ७ ख ९७०३ का सञ्चालक मुरारी श्रेष्ठले निशुल्क ढुवानी गर्नुभएको थियो ।

 

त्यसैगरी समूहको समन्वयमा खलंगा प्राथमिक स्वास्थ्य केन्द्र जाने सडक मार्ग स्तरोन्नति तथा अन्य बिबिध बिषयमा स्थानीय जनप्रतिनिधि, जग्गादाता तथा स्थानीयबासी समेतको छलफलमा जग्गाधनी कृष्णबहादुर शाही परिवारबाट सडक चौडा बनाउनका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिवद्दता गर्नुभएको मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 

त्यसैगरी छलफलमा गाउँपालिका बाट एम्बुलेन्स खरिद गर्न लागेकोमा समुहले धन्यवाद दिदै एम्बुलेन्स (ठूलो अक्सिजन प्रयोग गर्न मिल्ने) खरिदका लागि आग्रह गर्ने र खलंगाबाट सन्चालन गर्न सुझाव तथा सडक अबिलम्ब स्तरन्नोतीका लागि आवश्यक पहलकदमी गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...