News Portal

रेडियो सुन्नुहोस्

विद्युत महशुल मिनाहाका लागी बिपिसिसँग छलफल

झुलेनी संवाददाता२०७८ साउन १९
१०५९ पटक
२०७८ साउन १९

प्यूठान । विद्युत महसुल मिनाहा सम्वन्धी कार्यक्रम कार्यन्वयन गर्न जिल्लाका २ वटा नगरपालिकाले विद्युत सेवा प्रदायक कार्यालयसँग छलफल गरेका छन् । प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाले बुटवल पावर कम्पनीसंग मंगलवार छलफल गरेका हुन । यसअघि माण्डवी गाउँपालिकाले सेवा प्रदायक निकायसँग छलफल गरी प्रक्रिया अगाडी बढाई सकेको छ ।

दुवै नगरपालिकाले २० युनिट भन्दा कम विद्युत प्रयोग गर्ने नगर क्षेत्रका उपभोक्तालाई विद्युत महशुल मिनाहा गर्ने नीति कार्यान्वयन गर्न छलफल गरीएको हो । प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपती, स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख नेत्र वहादुर रोकाय, बुटवल पावर कम्पनीका प्रतिनिधी लगायतको उपस्थितीमा छलफल भएको हो ।

प्रथम चौमासिक अन्तर्गत साउन महिनाको महसुल मिनाहा गर्न खाता बन्दिका कारण कार्यन्वयनमा असुविधा हुने भएकाले उक्त समयको जरिवाना नलिन बुटवल पावर कम्पनी केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने निणर्य भएको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले जानकारी दिनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...