News Portal

रेडियो सुन्नुहोस्

विद्युत महशुल मिनाहाका लागी बिपिसिसँग छलफल

झुलेनी संवाददाता२०७८ साउन १९
१३०६ पटक
२०७८ साउन १९

प्यूठान । विद्युत महसुल मिनाहा सम्वन्धी कार्यक्रम कार्यन्वयन गर्न जिल्लाका २ वटा नगरपालिकाले विद्युत सेवा प्रदायक कार्यालयसँग छलफल गरेका छन् । प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाले बुटवल पावर कम्पनीसंग मंगलवार छलफल गरेका हुन । यसअघि माण्डवी गाउँपालिकाले सेवा प्रदायक निकायसँग छलफल गरी प्रक्रिया अगाडी बढाई सकेको छ ।

दुवै नगरपालिकाले २० युनिट भन्दा कम विद्युत प्रयोग गर्ने नगर क्षेत्रका उपभोक्तालाई विद्युत महशुल मिनाहा गर्ने नीति कार्यान्वयन गर्न छलफल गरीएको हो । प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपती, स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख नेत्र वहादुर रोकाय, बुटवल पावर कम्पनीका प्रतिनिधी लगायतको उपस्थितीमा छलफल भएको हो ।

प्रथम चौमासिक अन्तर्गत साउन महिनाको महसुल मिनाहा गर्न खाता बन्दिका कारण कार्यन्वयनमा असुविधा हुने भएकाले उक्त समयको जरिवाना नलिन बुटवल पावर कम्पनी केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने निणर्य भएको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले जानकारी दिनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...