News Portal

रेडियो सुन्नुहोस्

आइसुलेसन केन्द्रलाइ जीवराज आश्रीत फाउन्डेसनद्वारा स्वास्थ्य सामग्री

एलबी थापा२०७८ भाद्र ५, प्यूठान
१५२३ पटक
२०७८ भाद्र ५, प्यूठान

जीवराज आश्रीत फाउन्डेसन नेपालद्वारा जिल्ला स्तरीय आइसुलेसन केन्द्र प्यूठानका लागि बिभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी फाउन्डेसनले प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिलाइ फाउन्डेसनका अध्यक्ष सागर न्यौपानेले स्वास्थ्य सामग्रि प्रदान गरेका हुन् । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य लिला जिसिको पहलमा स्वास्थ्य सामग्रि प्यूठान ल्याइएको थियो ।

फाउन्डेसनले पीएपी युनिट, हाइफ्लो नोजल क्यानोला, पिपिई, पल्स अक्सिमिटर, स्तरीय मास्क, सर्जिकल माक्स, डिसइन्फेक्टेन्ट ट्यावलेट लगायतका करिब १२ लाख बरावरका स्वास्थ्य सामग्री बितरण गरेको हो । चिनको परोपकार संस्था चच्यागं आनफु लीसंघको सहयोगमा फाउन्डेसन मार्फत प्राप्त सामग्री हस्तान्तरण गरिएको हो ।

सोहि अवसरमा जीवराज आश्रीत फाउन्डेसनका अध्यक्ष डा. न्यौपानेले आश्रीतले जीवनभर गरेका योगदान तथा कर्महरुको बारेमा जानकारि दिएका थिए । सरकारको उपर्युक्त नीति नहुनु र कर्मचारीको ढिलासुस्तीले विदेशबाट निशुल्क स्वास्थ्य सामग्री ल्याउन कठिन भएको उल्लेख गरे ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्यूठान नगरपालिका प्रमुख कक्षपतिले सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त गरेका सामाग्रीको ठिक तरिकाले प्रयोग गर्न स्वास्थ्यकर्मिलाइ अनुरोध गरे । कोभिडको तेस्रो भेरियन्टसंग जुध्न प्राप्त सामाग्रीले थप शक्ति प्रदान गर्ने उनको भनाइ छ । फाउन्डेसनले पश्चिम नेपालका बिभिन्न जिल्लामा कोभिड लगायतका विपत व्यवस्थापन र रोकथामको लागि, स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गर्दै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...