News Portal

रेडियो सुन्नुहोस्

आइसुलेसन केन्द्रलाइ जीवराज आश्रीत फाउन्डेसनद्वारा स्वास्थ्य सामग्री

एलबी थापा२०७८ भाद्र ५, प्यूठान
१२७४ पटक
२०७८ भाद्र ५, प्यूठान

जीवराज आश्रीत फाउन्डेसन नेपालद्वारा जिल्ला स्तरीय आइसुलेसन केन्द्र प्यूठानका लागि बिभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी फाउन्डेसनले प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिलाइ फाउन्डेसनका अध्यक्ष सागर न्यौपानेले स्वास्थ्य सामग्रि प्रदान गरेका हुन् । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य लिला जिसिको पहलमा स्वास्थ्य सामग्रि प्यूठान ल्याइएको थियो ।

फाउन्डेसनले पीएपी युनिट, हाइफ्लो नोजल क्यानोला, पिपिई, पल्स अक्सिमिटर, स्तरीय मास्क, सर्जिकल माक्स, डिसइन्फेक्टेन्ट ट्यावलेट लगायतका करिब १२ लाख बरावरका स्वास्थ्य सामग्री बितरण गरेको हो । चिनको परोपकार संस्था चच्यागं आनफु लीसंघको सहयोगमा फाउन्डेसन मार्फत प्राप्त सामग्री हस्तान्तरण गरिएको हो ।

सोहि अवसरमा जीवराज आश्रीत फाउन्डेसनका अध्यक्ष डा. न्यौपानेले आश्रीतले जीवनभर गरेका योगदान तथा कर्महरुको बारेमा जानकारि दिएका थिए । सरकारको उपर्युक्त नीति नहुनु र कर्मचारीको ढिलासुस्तीले विदेशबाट निशुल्क स्वास्थ्य सामग्री ल्याउन कठिन भएको उल्लेख गरे ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्यूठान नगरपालिका प्रमुख कक्षपतिले सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त गरेका सामाग्रीको ठिक तरिकाले प्रयोग गर्न स्वास्थ्यकर्मिलाइ अनुरोध गरे । कोभिडको तेस्रो भेरियन्टसंग जुध्न प्राप्त सामाग्रीले थप शक्ति प्रदान गर्ने उनको भनाइ छ । फाउन्डेसनले पश्चिम नेपालका बिभिन्न जिल्लामा कोभिड लगायतका विपत व्यवस्थापन र रोकथामको लागि, स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गर्दै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...