News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको नौबहिनी र ऐरावतीमा विद्यालय सुचारु

झुलेनी डेस्क२०७८ भाद्र ७, प्यूठान
२३१९ पटक
२०७८ भाद्र ७, प्यूठान

जिल्लाको नौबहिनी र ऐरावती गाउँपालिका अन्तर्गतका विद्यालयहरु सञ्चालमा आएका छन् । कोरोना भाइरस कोभिडका कारण विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा असर परेको भन्दै अभिभाबकले विद्यालय खुलाउन अनुरोध गर्दै आएका थिए । नौबहिनी गाउँपालिका अन्तर्गतका विद्यालयहरु सोमबारदेखि सञ्चालमा आएको गाउँपालिकाले जनाएको छ ।

भाद्र २ गते बसेको प्रअहरुको बैठकले विद्यालय सञ्चालन गर्न गाउँशिक्षा समितिलाई अनुरोध गरेको थियो । शिक्षा समितिले निर्णय गरेर सोमवारदेखि विद्यालय सञ्चालनमा ल्याएको नौबहिनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द्र बर्माले जानकारी दिए ।
बैकल्पीक विधि अन्तर्गत पठन/पाठन सुचारु गरेको नौबहिनीका शिक्षा शाखा प्रमुख डिल्ली आचार्यले बताए ।

दाङवाङ मा.वि. ऐेरावती १ अमिलि प्यूठानमा अध्यनरत विद्यार्थी

आचार्यका अनुसार कतिपय विद्यालयले आलो/पालो कक्षा सञ्चालन गरेका छन् । कुनैले अनलाइन जुम मार्फत कक्षा चलाएका छन् । यहाँ २९ वटा विद्यालय मध्ये २ वटा संस्थागत विद्यालय छन् । नौबहिनीमा १० हजार ६ सय ३६ जना विद्यार्थी रहेको गाउँपालिकाले जनाएको छ ।
यस्तै ऐरावती गाउँपालिका अन्तर्गतका विद्यालयहरु पनि सञ्चानमा छन् । यहाँ पनि प्रधानाध्यापकहरुले विद्यालय सञ्चालन गर्न अगुवाइ गरेका छन् ।

विद्यालय व्यबस्थापन समितिको निर्णय अनुसार विद्यालयहरु सञ्चालन गर्न लगाइएको ऐरावतीका शिक्षा शाखा प्रमुख यमप्रसाद पाण्डेले बताए । कुन विधि मार्फत कक्षा सञ्चालन गर्ने भन्ने कुरा विद्यालय व्यबस्थापन समितिलाई जिम्मा दिएको पाण्डेले बताए । उनले विद्यालय सञ्चालन गर्दा हालसम्म कोभिडको कारण कुनै समस्या देखा नपरेको जानकारी दिए । ऐरावतीमा श्रावण तेस्रो सातादेखि विद्यालय सञ्चालमा आएको छ । ऐरावतीका ४१ सामुदायिक ४ वटा सस्थागत विद्यालयमा ६ हजार २ सय ७५ जना विद्यार्थी छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...