News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका ९ स्थानीय तहमध्ये कम बेरुजु झिमरुक गाउँपालिकाको

महालेखाको लेखा परीक्षण सार्वजनीक

बिमलप्रसाद पोख्रेल२०७८ भाद्र ७, प्यूठान
१७०९ पटक
२०७८ भाद्र ७, प्यूठान

महालेखा परीक्षणको कार्यालयले आव २०७६/०७७ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । भाद्र ४ गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार प्यूठानका ९ वटा स्थानीय तहमध्ये झिमरुक गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ भने सबैभन्दा धेरै सरुमारानी गाउँपालिकाको छ ।

झिमरुकले यो आर्थिक वर्षमा विनियोजन गरेको कुल ५ करोड १३ लाख ६ हजार रुपैयाँ मध्ये १३ लाख १० हजार रुपैया बराबरको वेरुजु देखिएको छ । यो ०.५ प्रतिशत हो । जिल्लाका अन्य स्थानीय तहहरुमा सरुमारानीको ५.६, नौबहिनीको ५.४२, मल्लरानीको २.७४, ऐरावतीको २.३, माण्डवीको १.६६ र  गौमुखी गाउँपालिकाको ०.५० प्रतिशत वेरुजु आएको छ ।

यस्तै प्यूठान नगरपालिका १.२३ प्रतिशत बेरुजु देखिएको छ । स्वर्गद्वारी नगरपालिकाको भने कोभिड महामारीका कारण लेखा परीक्षण हुन सकेको छैन् । महालेखा परीक्षणको कार्यालयले देशभरका  ६ सय ९९ स्थानीय तहको ८ खर्व १५ अर्व ९९ करोड बराबरको लेखा परीक्षण प्रतिबेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा ४० अर्व ८३ करोडको वेरुजु  देखाएको छ । यो कुल लेखा परीक्षण अंकको ५ प्रतिशत हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...