News Portal

रेडियो सुन्नुहोस्

पहिरोले प्यूठान भालुवाङ-सडक अवरुद्ध

झुलेनी नेटवर्क२०७८ भाद्र ११ प्यूठान
१२७२ पटक
२०७८ भाद्र ११ प्यूठान

रातीदेखि परेको अविरल वर्षाका कारण जिल्ला भित्रिने मुख्य सडक प्यूठान-भालुवाङ सडक अवरुद्ध भएको छ । सडक खण्डको बड्डॉडा खहरे क्षेत्रमा ठाउॅ ठाउॅमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । डोजर लगाएर पहिरो हटाउने कार्य भइरहेको जिल्ला विपद् व्यबस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

भुसालका अनुसार यही सडक अन्तर्गत बाग्दुला-खलंगा क्षेत्रमा आएको पहिरो अवरुद्ध भएको सडक पहिरो हटाइएर सडक खुलाइएको छ ।
यस्तै पहिरोका कारण नयॉगाउॅ-भिंगृ खण्ड पनि अवरुद्ध भएको छ । जिल्लाको मुख्य पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी पुग्ने सडक समेत अवरुद्ध भएको हो ।

यो सडकको रुमाले, भिङ्गृकोट लगायत स्थानको ठाउॅठाउॅमा पहिरो गएको प्रहरीले जनाएको छ । राती देखि परेको अविरल वर्षाका कारण अहिले सम्म सडक बाहेक अन्य क्षति नभएको जिल्ला प्रहरी प्रमुख डीएसपी शुनील मल्लले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...