News Portal

रेडियो सुन्नुहोस्

पहिरोले प्यूठान भालुवाङ-सडक अवरुद्ध

झुलेनी नेटवर्क२०७८ भाद्र ११ प्यूठान
११२३ पटक
२०७८ भाद्र ११ प्यूठान

रातीदेखि परेको अविरल वर्षाका कारण जिल्ला भित्रिने मुख्य सडक प्यूठान-भालुवाङ सडक अवरुद्ध भएको छ । सडक खण्डको बड्डॉडा खहरे क्षेत्रमा ठाउॅ ठाउॅमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । डोजर लगाएर पहिरो हटाउने कार्य भइरहेको जिल्ला विपद् व्यबस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

भुसालका अनुसार यही सडक अन्तर्गत बाग्दुला-खलंगा क्षेत्रमा आएको पहिरो अवरुद्ध भएको सडक पहिरो हटाइएर सडक खुलाइएको छ ।
यस्तै पहिरोका कारण नयॉगाउॅ-भिंगृ खण्ड पनि अवरुद्ध भएको छ । जिल्लाको मुख्य पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी पुग्ने सडक समेत अवरुद्ध भएको हो ।

यो सडकको रुमाले, भिङ्गृकोट लगायत स्थानको ठाउॅठाउॅमा पहिरो गएको प्रहरीले जनाएको छ । राती देखि परेको अविरल वर्षाका कारण अहिले सम्म सडक बाहेक अन्य क्षति नभएको जिल्ला प्रहरी प्रमुख डीएसपी शुनील मल्लले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...