News Portal

रेडियो सुन्नुहोस्

‘सेप्टेम्बरसम्म नेपालीस्याट–१’ को आयु , अर्को नानो स्याटेलाइट पठाउने तयारी गरिदै

झुलेनी नेटवर्क१६ भाद्र २०७८ प्यूठान
१०६५ पटक
१६ भाद्र २०७८ प्यूठान

नेपालको पहिलो भू–उपग्रह भनिएको ‘नेपालीस्याट–१’ सेप्टेम्बरको अन्तिम सातासम्म वायुमण्डलमा खस्ने भएको छ । ४ वैशाख, २०७६ मा अमेरिकास्थित भर्जिनिया राज्यमा रहेको प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो । त्यसबेला ‘नेपाली स्याट–१’ का साथै श्रीलंकाको ‘रावण–१’ र जापानको ‘युवुसु’ पनि एकैसाथ प्रक्षेपण गरिएको थियो ।

सो नानो स्याटेलाइटको आयु यही अगष्ट २५मा सकिने अनुमान भएपनि अहिलेको अवस्थामा हेर्दा सेप्टेम्बर अन्तिम साता वायुमण्डलमा अनुमान गरिएको नेपाल नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले जनाएको छ ।

सुरुमा पृथ्वीबाट ४२० किलोमिटर माथि छोडिएको ‘नेपालीस्याट–१’ अहिले वायुमण्डलको नजिक आइपुगेको छ । करिब पथ्वीबाट सय किलोमिटरको दूरीमा तल आएपछि यो आफैं नष्ट हुन्छ ।
नाष्टका प्राविधि संकाय प्रमुख वैज्ञानिक डा. रवीन्द्र ढकाल ‘नेपालीस्याट–१’ अभियान सफल भएको बताउँछन् ।

‘नेपालीस्याट–१’बाट हामीले धेरै कुरा सिक्न पायौं, यसले हामीलाई स्याटेलाइटबारे अध्ययन गर्नेे नेटवर्कमा जोनि पायौं, आफ्नै ग्राउन्ड स्टेसन पनि बनाउन सक्यौं,’ ढकाल भन्छन्,‘नेपाल क्षेत्रको फोटोसहितको डाटा पनि पाउनसक्यौं, नागरिकलाई पनि स्याटेलाइट मिसनबारे आधारभूत ज्ञान दिन परियोजना सफल भयो ।’

तर, अपेक्षा अनुरुप अन्तरिक्ष विज्ञानमा जनशक्तिलाई अभ्यस्त बनाउन भने नसकिएको उनले बताए ।

अब ‘पदयात्री’ मिसन

उनका अनुसार ‘नेपालीस्याट–१’ खस्ने भएपछि अर्को ‘नानो स्याटेलाइट’ बनाएर पठाउन नयाँ अभियान पनि सुरु भएको छ । अन्तरिक्ष विज्ञानमा नेपाली युवा जनशक्तिलाई दक्ष बनाउन अर्को ‘नानो स्याटेलाइट’ अभियान सुरु गर्न लागिएको ढकालले बताए ।

वैज्ञानिक आभाष मास्केसहितको टोलीले ‘नेपालीस्याट–२’ मिसन अन्तर्गत नानो स्याटेलाइट तयार गर्ने काम गरिरहेको छ । यसअघिको ‘नेपालीस्याट–१’ यो स्याटेलाइट जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भू–उपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थी आभाष मास्के (स्पेश इन्जिनियरिङमा पीएचडी) र हरिराम श्रेष्ठ (स्नातकोत्तर) ले तयार गरेका थिए ।

‘नेपालीस्याट–१’ १० सेन्टिमिटर लम्बाइ, चौडाइ र उचाइको हो । जसको तौल एक किलो तीन सय ग्राम छ । स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम पनि छ ।

‘पदयात्री’ नाम दिएर दोस्रो अन्तरिक्ष अभियान सुरु भएको भन्दै ढकालले यसले अन्तरिक्ष विज्ञानमा नेपाली युवामा थप ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने ढकाल बताउँछन् ।

‘कहिलेसम्म दोस्रो नानो स्याटेलाइट पठाउन सकिन्छ भन्ने तय छैन,’ ढकालले भने, ‘तर, थाइल्यान्डको अन्तरिक्ष कम्पनी ‘इन्स्टेड’ कम्पनीसँगको सहकार्यमा यो अभियान सफल बनाउने निधो गरेका छौं ।’

यो स्याटेलाइटको पनि आकार पनि ‘नेपालीस्याट–१’ कै हाराहारीमा हुने अनुमान छ । दोस्रो अभियानलाई पहिलेभन्दा बढी परिस्कृत र लाभदायी बनाउने गरी काम भइरहेको नास्टले जनाएको छ ।

‘नेपालीस्याट–१’ ले नेपालको अन्तरिक्ष यात्रालाई जन्माएर बामे सारेको र अबको दोस्रो मिसनले हिँडाउन सुरु गर्ने भन्दै ‘पदयात्री’का रुपमा यसलाई अघि बढाउन खोजिएको नाष्टका अधिकारीहरु बताउँछन् ।

दोस्रो परियोनजनाको लागि आवश्यक लगानी जुटाउन नाष्टले प्रयत्न गरिरहेको संकाय प्रमुख ढकालले जानकारी दिए । यसका लागि थाइल्यान्डको सहयोग नियोग ‘तोइका’ लगायत इच्छुक देखिएका छन् । त्यसका लागि आवश्यक समझदारी भने हुन बाँकी छ ।

 

 

 

 

 

अनलाइनखबर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...