News Portal

रेडियो सुन्नुहोस्

रातामाटामा नमुना नर्सरी : जसले बेर्ना बेचेरै पक्कि घर बनाए

एलबी थापा२०७८ भाद्र २९
२२४५ पटक
२०७८ भाद्र २९

तरकारीका बेर्ना उमारेरै यहा“का किसान लोकराज पोख्रेलले वार्षीक लाखौ कमाउँछन् । स्कूल पढ्दाको उमेरदेखि कृषि कर्ममा पौरख थालेका पोखरेल यो ब्यवसायबाट नाम र दाम दुवै कमाएका छन् । पढाई खर्च जुटाउन प्याज, गोपी र कागतीका बेर्ना उमार्न थालेका उनी ५१ वर्षको उमेरसम्म आम्दानीको प्रमुख स्रोत यही बनाएका छन् ।

‘रातामाटा पढ्दा १३ वर्षको हु“दो हु“’ उनले भने, ‘जीवनभर यहि पेशा गरौंला भन्ने सोचेकै थिएन,’ घरको आर्थिक स्थिती कमजोर हुँदा बाध्यताले पढाई खर्च जुटाउन नर्सरी राखेको हु“ । यसैमा यही कामलेनै जीवन बित्ने भो’, उनले भने । यहि पेशाबाट कमाएको पैसाले उनको घरव्यवहार चलेको छ । नर्सरीमा राखेका बिरुवा बेच्ने र बढी भएका बिरुवा आफ्नै खेतबारीमा लगाउने गरेका छन् । ‘मैले नर्सरी स्थापना गर्दा जिल्लामा अरु कसैको पनि थिएन’, पोख्रेलले भने । जिल्लामा बेर्ना उमार्ने पेशामा पोख्रेल सबैभन्दा अव्बल मानिन्छन् ।

मौषमी,बेमौषमी दुवै खेती गर्दै आएका पोख्रेलले प्यूठान नगरपालिका ३ बिजयनगरमा ५ रोपनी क्षेत्रफलमा नर्सरी र तरकारी खेती छ । अहिले उनका नर्सरीमा प्याज, ब्रो काउली, फुल काउली, टमाटर, खुर्सानी लगाउतका बेर्ना बेच्नका लागि तयारी अवस्थामा छन् । ‘अहिले १ रोपनी क्षेत्रफलमा ३० किलो बिउको प्याज उमारेको छु“’,उनले भने, ‘जिल्ला भित्र र बाहिरबाट पनि अर्डर आएको छ ।’ बिरुवा बेच्न बजारको अभाव छैन उनलाई ।

बिजयनगर, दाखाक्वाडी, खैरा, टारी, विजुवार, पुण्यखोला, बाग्दुला, बड्डा“डा, बाङ्गेशाल, खलंगा, भिंगृ लगायतका ठाउबाट बिरुवा लिन किसानहरु घरमै आइपुग्छन् । बढी भएका बिरुवा रोल्पा, अर्घाखाची, गुल्मि, भालुवाङ, देउखुरी लैजाने गरेको उनले बताए ।
तरकारी र बिरुवाबाट खर्च कटाएर उनले वार्षिक ५ लाख बचाउ“छन् । यसैको कमाइवाट उनले छोराछोरीलाई उच्च शिक्षा पढाएका छन् । छोराले बिएस्सी पढिरहेका छन् भने छोरीले बिबिए पढाई गरीरहेका छन् ।

३८ वर्षदेखि एउटै पेशा गरीरहेका उनले तरकारी र नर्सरी खेतीको कमाईबाट २ तले पक्कि घर बनाएका छन् । पोख्रेलबाट नर्सरी स्थापना गर्न सिकेका जिल्लामा दर्जनौं किसान रहेका छन् । तरकारीको नर्सरीसँगै उनले श्रीखण्डका बिरुवा पनि उत्पादन गर्दै आएका थिए । यहा“ उत्पादन भएका श्रीखण्डका करिव २० हजार बिरुवा जिल्ला वन कार्यालयलाई बिक्रि बार्षीक रुपमा बिक्रि गर्ने गरेको सुनाए ।

बेर्ना कृषि कार्यालयले प्रमाणीकरण गरेर मात्र बिक्रि गर्ने गरेको उनले बताए । ३० रोपनी खेत भाडामा लिएर उनले ७ वर्षदेखि बिउ उत्पादन गर्दै आएको बताए । बिउ बिक्रिबाट वार्षिक २ लाखभन्दा बढी कमाइ हुदै आएको छ । वुवाको २०६१ सालमा मृत्यु भएपछि आर्थिक समस्या बढ्दा पोख्रेल रोजगारीका लागि भारतको मन्द्रास गएका थिए । त्यहा होटलमा गार्डको रोजागरी पाएका उनले सोचेजस्तो कमाउन सकेनन् । गाउमा छदा नर्सरीको कमाईभन्दा गार्डको कमाई थोरै भएपछि फेरी जन्मभूमीमै फर्केर पुरानै पेशा गर्न थालेका हुन् ।

राज्य पूर्नसंरचना भएर स्थानीय तह कार्यान्वयन भएपछि भने उनको स्थानीय सरकार प्रति गुनासो छ । वर्षौदेखि आफूले कृषि पेशा गर्दै आएपनि नगरपालिकाबाट अनुदान, प्रोत्साहन र भ्रमणका कार्यक्रममा सहभागी नगराएको उनले बताए । ‘वडा कार्यालय र नगरपालिकाले प्रत्येक वर्ष सुचना निकाल्दा कैयौं पटक प्रस्तावना पेश गरे’, उनले भने, ‘दलका आसेपासे कार्यकर्ता छानिए तर म परिन ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...