News Portal

रेडियो सुन्नुहोस्

संविधानको विरोध गर्दै मधेसकेन्द्रित दलहरु

जनमत पार्टी, लाेसपा र जसपा

झुलेनी नेटवर्क २०७८ असोज ३ काठमाडौं
८४४ पटक
२०७८ असोज ३ काठमाडौं

तराई मधेसकेन्द्रित दलले आज संविधान दिवसका दिन विरोधका कार्यक्रम राखेका छन् । संविधानप्रति असन्तुष्टि जनाउँदै विरोध गर्नेमा सिके राउत नेतृत्वको जनमत पार्टीदेखि महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसम्म छन् ।

सरकारले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै गर्दा देउवा सरकारलाई समर्थन जनाएका दुई दल जसपा र लोसपा भने खुलेर संविधानको समर्थन नगरी विरोधमा उत्रिएका हुन् । यतिसम्मकी सत्ता गठबन्धनमा सहभागी जसपाका नेताहरू नै सरकारले आयोजना गरेको संविधान दिवसको कार्यक्रममा सहभागी भएनन् ।

लोसपाले त देशभरि नै विरोध कार्यक्रम गरी असोज ३ लाई कालो दिनको रूपमा मनाउन उर्दी नै जारी गरेको छ । सो पार्टीले संविधानको विरोधमा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गर्न मातहतका नेता कार्यकर्ताहरूलाई भनेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीका जिल्ला तहमा सर्कुलरमार्फत संविधान दिवसका दिन विरोधका कार्यक्रम गर्न निर्देशन नै दिएका छन् । त्यसका लागि शीर्ष नेताहरूको जिम्मेवारी बाँडफाँट समेत गरिएको छ ।

संविधानको विरोधमा आयोजित कार्यक्रममा भाग लिन अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पर्सा पुगेका छन् । २०७२ असोज ३ गते संविधान निर्माण भएकै दिन आन्दोलनका क्रममा सहादत भएका शत्रुघन पटेलको घरमा लोसपाले कार्यक्रमको आयोजना गरेको पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।

सहिद शत्रुघन पटेलकी आमा स्थानीय तहको उपाध्यक्ष हुन् । उनले उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट चुनाव जितेकी थिइन् तर जसपा विभाजन हुँदा उनी लोसपा रोज्न पुगिन् । त्यही भएर प्राथमिकतामा राख्दै अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, कार्यकारिणी सदस्य जितेन्द्र सोनललगायत शीर्ष नेताहरू पटेलको घरमै पुगेर कार्यक्रमको आयोजना गरेका हुन् ।

यता, पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य अनिलकुमार झालगायतका नेताहरू काठमाडौँमा हुने कार्यक्रममा सहभागी हुँदैछन् । लोसपाले ‘सहिदको बलिदानी र संविधानको पूर्णता’ विषयमा पार्टी कार्यालयमा कार्यक्रम गर्दैछ ।

उपेन्द्र यादव नेतृत्वको जसपाले पनि देशभर संविधानको विरोधमा ‘संविधान संशोधनको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । पार्टीका कार्यकारिणी सदस्य महेन्द्र राय यादवका अनुसार पार्टीका केही शीर्ष नेताहरू उपत्यका बाहिर गए पनि अध्यक्ष उपेन्द्र यादवलगायतका केही शीर्ष नेता काठमाडौँमा हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । तर, जसपाले प्रदर्शन तथा कोणसभाजस्ता कार्यक्रमहरू भने नगर्ने जनाएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीले पनि असोज ३ लाई कालो दिवसको रूपमा मनाउँदैछ । सो पार्टीले संविधानको विरोधमा विभिन्न जिल्लामा विरोधका कार्यक्रम गर्न नेताहरूलाई सर्कुलर गरेको महासचिव चन्दन सिंहले जानकारी दिए । पार्टीका अध्यक्ष सिके राउतलगायत शीर्ष नेताहरू सम्भव भएसम्मका जिल्लाका कार्यक्रममा सहभागी हुने महासचिव सिंहले बताए । ‘अहिले पार्टीको बैठक चलिरहेको छ, त्यसैबाट अध्यक्ष राउतलगायत शीर्ष नेता कहाँ जाने भनि टुङ्गो लाग्छ’, महासचिव सिंहले बताए ।

त्यस्तै, कौशलकुमार सिंह नेतृत्वको लोक दलले पनि देशभरी संविधान संशोधनको माग गर्दै विरोधका कार्यक्रमहरू गर्ने भएको छ । लोक दल पार्टीले आज कालो दिनका रूपमा मनाउने र संविधान संशोधन नहुँदासम्म विरोधका कार्यक्रम जारी राख्ने अध्यक्ष सिंहको भनाइ छ ।

तराई मधेस राष्ट्रिय परिषद्ले आइतबार नै माइतीघरमा विरोध प्रदर्शन गर्ने भएको छ । परिषद्ले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने परिषद्का संस्थापक सदस्य सरोज रायको भनाइ छ ।

 

 

 

राताेपाटी

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...