News Portal

रेडियो सुन्नुहोस्

शरदयामका लागि २३० जनाले लिए अनुमति,लयमा फर्किंदै पर्वतारोही

झुलेनी नेटवर्क २०७८ असोज ४ काठमाडौं
४७६ पटक
२०७८ असोज ४ काठमाडौं

कोरोना सङ्क्रमणका कारण प्रभावित पर्वतारोहण बिस्तारै लयमा फर्किन थालेको छ । यसअघि वसन्तयाममा हिमाल आरोहणका लागि सबैभन्दा धेरै सङ्ख्यामा अनुमति दिइएकोमा शरदयामको आरोहण पनि उत्साहजनक देखिएको छ । असोज र कात्तिक महिनामा हुने उक्त आरोहणका लागि अहिलेसम्म २३० जनाले अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार अहिलेसम्म शरदयामका लागि विभिन्न छवटा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको छ । विभिन्न २५ वटा आरोहण दलअन्तर्गत १७८ जना पुरुष र ५२ जना महिलाले अनुमति लिएको विभागले जनाएको छ ।

विभागबाट अहिलेसम्म सबैभन्दा धेरै मनास्लुका लागि १३३ जना पुरुष र ३८ जना महिला गरी कुल १७१ जनाले अनुमति लिएका छन् । त्यसपछि धौलागिरिका लागि २८ जना पुरुष र १३ जना महिला गरी ४० जनाले अनुमति पाएका छन् । मरियाङ हिमालका लागि सात जना पुरुष र एक जना महिलाले अनुमति पाएको विभागले जनाएको छ ।

कुम्भकर्ण हिमालको आरोहणका लागि पाँच जनाले अनुमति पाएको विभागले जनाएको छ । अनुमति पाउने सबै पुरुष हुन् । कञ्चनजङ्घा र पुठा हिमचुलीका लागि समान तीन/तीन जनाले अनुमति पाएका छन् ।

यी हिमाल आरोहणका लागि प्रदान गरिएको अनुमतिबापत विभागले करिब दुई करोड ३१ लाख रुपियाँ रोयल्टी सङ्कलन गरेको छ । मनास्लु हिमालबाट मात्रै एक करोड ८१ लाख रुपियाँ रोयल्टी सङ्कलन भएको पनि विभागले जनाएको छ । हिमाल आरोहणका लागि पर्वतारोहीले पर्याप्त समय लिएर आउने भएकाले पनि कोरोना सङ्क्रमणको असर यस क्षेत्रमा तुलनात्मक रूपमा कम देखिएको सरोकारवालाले बताउँदै आएका छन् ।

 

 

 

 

 

गाेरखापत्र

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानबाट अखिल क्रान्तिकारीमा उमेरहद नलगाउने पक्षमा शतप्रतिशत मतदान

नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा देशभर...

अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढौँ: देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित...

संविधान संशोधनमा प्रमुख दलहरुको सहमति हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।...

आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्छ: सांसद थापा

प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने बताएका छन् ।...

सङ्घीयता खारेज गर्न संविधान संशोधन: मोहन विक्रम सिंह

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सङ्घीयता खारेज गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन्...