News Portal

रेडियो सुन्नुहोस्

शरदयामका लागि २३० जनाले लिए अनुमति,लयमा फर्किंदै पर्वतारोही

झुलेनी नेटवर्क २०७८ असोज ४ काठमाडौं
८७७ पटक
२०७८ असोज ४ काठमाडौं

कोरोना सङ्क्रमणका कारण प्रभावित पर्वतारोहण बिस्तारै लयमा फर्किन थालेको छ । यसअघि वसन्तयाममा हिमाल आरोहणका लागि सबैभन्दा धेरै सङ्ख्यामा अनुमति दिइएकोमा शरदयामको आरोहण पनि उत्साहजनक देखिएको छ । असोज र कात्तिक महिनामा हुने उक्त आरोहणका लागि अहिलेसम्म २३० जनाले अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार अहिलेसम्म शरदयामका लागि विभिन्न छवटा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको छ । विभिन्न २५ वटा आरोहण दलअन्तर्गत १७८ जना पुरुष र ५२ जना महिलाले अनुमति लिएको विभागले जनाएको छ ।

विभागबाट अहिलेसम्म सबैभन्दा धेरै मनास्लुका लागि १३३ जना पुरुष र ३८ जना महिला गरी कुल १७१ जनाले अनुमति लिएका छन् । त्यसपछि धौलागिरिका लागि २८ जना पुरुष र १३ जना महिला गरी ४० जनाले अनुमति पाएका छन् । मरियाङ हिमालका लागि सात जना पुरुष र एक जना महिलाले अनुमति पाएको विभागले जनाएको छ ।

कुम्भकर्ण हिमालको आरोहणका लागि पाँच जनाले अनुमति पाएको विभागले जनाएको छ । अनुमति पाउने सबै पुरुष हुन् । कञ्चनजङ्घा र पुठा हिमचुलीका लागि समान तीन/तीन जनाले अनुमति पाएका छन् ।

यी हिमाल आरोहणका लागि प्रदान गरिएको अनुमतिबापत विभागले करिब दुई करोड ३१ लाख रुपियाँ रोयल्टी सङ्कलन गरेको छ । मनास्लु हिमालबाट मात्रै एक करोड ८१ लाख रुपियाँ रोयल्टी सङ्कलन भएको पनि विभागले जनाएको छ । हिमाल आरोहणका लागि पर्वतारोहीले पर्याप्त समय लिएर आउने भएकाले पनि कोरोना सङ्क्रमणको असर यस क्षेत्रमा तुलनात्मक रूपमा कम देखिएको सरोकारवालाले बताउँदै आएका छन् ।

 

 

 

 

 

गाेरखापत्र

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...