News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : बाग्दुला-बाहानेसम्मको यात्रा कहिले होला सहज ?

झुलेनी नेटवर्क२०७८ असौज ५
१६७४ पटक
२०७८ असौज ५

उत्तरी प्यूठानको मुख्य व्यापारी केन्द्र बाहाने बजार पुग्ने मुख्य सडकमा यात्रा गर्न निकै सास्ती हुन्छ । हिजोआज जहिँतहिँ खाल्डा खुल्डिले सडक खेतका गहरा जस्तै छ । सडकमा पानी नजमेको देख्नको लागि हिउँद नै पर्खनुपर्छ । सडकको दुरी बाग्दुला देखि बाहाने सम्म १३ किलोमिटर मात्र हो । यो दुरी पार गर्न पैदल त मुस्किलै पर्छ नै गाडीमा सवार गर्दा समेत कम्ति सास्ती हुँदैन ।

वर्षा लाग्यो कि सधंै हिलाम्य, हिउँदमा टिप्परले उडाउँदा धुलोले धुलाम्मै हुन्छ । नौबहिनी ८ लुप्लुङबाट चुनढुङ्गा खानीमा ओहोर दोहोर गर्ने ट्रिपरले बाटो बिगार्छ । खानी उत्खनन् मार्फत कर असुल्ने सरकारले सडकमा प्रयाप्त बजेट बिनियोजन नगर्नाले सडक सुधार हुन सकेको छैन । ट्रिपर हिँड्नका लागि दम्तीदेखि माथि बैकल्पिक सडक छैन । यहाँ अन्य सार्वजनिक सवारी बाहेक दैनिक दर्जन बढी ट्रिपर सहित ओहोर दोहोर गर्छन् ।

कच्ची सडक, बाटोको कुनामा नालीको राम्रो व्यवस्था नहुनु, ठाडो खोलो समेत यसै बाटो भएर बग्ने हुनाले यो सधै हिलाम्य हुने गरेको स्थानीयको गुनासो हुन्छ । चुनढुङ्गा खानी निस्कने ठाउँ अँधेरीदेखि बाहाने सम्मको हालत पनि उस्तै छ । सरकाले गाउँपालकीको केन्द्रसम्म पुग्ने सडक कालोपत्रे गर्ने भन्ने योजना अगाडि सारेको थियो । तर, यहाँ कार्यन्वयन भएको छैन ।

मोटरसाइकल र पैदल यात्रुलाई यो सडकमा यात्रा गरेपछि पूनः फर्केर नआउँ भन्ने जस्तै हालतको सडक छ । खाल्डा खुल्डिमा जम्मा भएको पानी सवारी साधनले छचल्काउँदा सधै असार पन्ध्रको रोपाइको अनुभव स्थानीयले गर्छन् । प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिकाको क्षेत्रमा पर्ने यो सडकमा केहिँ सास्ति विनाको यात्रा गर्न हिउँद कुर्नुपर्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...