News Portal

रेडियो सुन्नुहोस्

एमाले बैठकमा घनश्याम भुसालको तीन बुँदे फरक प्रस्ताव

झुलेनी नेटवर्क २०७८ आश्विन १०, काठमाडाैँ
८४६ पटक
२०७८ आश्विन १०, काठमाडाैँ

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विगतदेखि नै भिन्न मत राख्दै आएका उपमहासचिव घनश्याम भुसाल यसपटकको केन्द्रीय कमिटी बैठकमा पनि अपवाद बनेनन् । उनले अध्यक्ष ओलीले ल्याएको राजनीतिक प्रस्तावमाथि आफ्नो तीनवटा विमति राखेका छन् ।

 

केन्द्रीय कमिटीको दुई दिन चलेर आइतबार सकिएको बैठकले ओलीको राजनीतिक प्रतिवेदन पास ग¥यो । तर प्रतिवेदनका केही विषयमा भुसालले विमति सहित फरक मत राखेका छन् ।

 

उनले संसद् विघटन गर्नु गलत भएको कुरा स्वीकारेर जानुपर्ने,समाजवादी कार्यक्रम के हुने र जबज कसरी कार्यान्वयन हुन्छ भनेर थप व्याख्या आवश्यक रहेको भन्दै आफ्नो फरक धारणा राखेका छन् । ‘कहाँ कहाँ कमजोरी भयो, एकताको प्रक्रियामा सचिवालय र स्थायी कमिटी पनि दोषि छ । फागुन २८ को कदम पार्टी कब्जा गर्ने थियो त्यसको परिणाम हामी अहिले भोगिरहेका छौं’ भुसालले पार्टीको बैठकमा राखेको विमतीमा छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...