News Portal

रेडियो सुन्नुहोस्

आर्थिक अभावका कारण बालकको उपचार गराउन सहयोगको याचना

बोम बहादुर परियार२०७८ असोज २२
८०९ पटक
२०७८ असोज २२

छोराको उपचार गराउन अस्पताल हिडेकी खिन्ति पुन मगर अहिले प्यूठान अस्पतालमा आइपुगेकी छिन । रोल्पाबाट प्यूठान आएकि पुन मगरले अस्पतालको ५ नं बेडमा छोरो राजेशलाइ उपचार गराइरहेकी छिन । सुलिचौर रोल्पामा उपचार गराउन आएकी उनी त्यहाँ उपचार संभव नभएपछी प्यूठान आउनुपरेको हो ।

अस्पतालका बालरोग विशेषज्ञ डाक्टर सौरब श्रेष्ठका अनुसार बच्चालाई निमोनिया भएको र मुटुमा समस्या रहेको जानकारी दिए । छोरोको पुर्ण उपचारका लागि अझै केहि दिन अस्पताल राखिरहनुपर्नेछ । यहाँ उपचार संभव नभए बाहिर पनि पठाउनुपर्ने चिकित्सकले बताएका छन । साथमा २० हजार रुपैयाँ मात्र लिएर आएकी उनलाइ छोरोको उपचार गराउन आर्थिक समस्याले समस्या पारेको छ ।

‘खिन्तिले गहभरी आँसु ल्याउदै भनिन’, “गाउबाट ऋण काढेर लिएको पैसा एम्बुलेन्स भाडा र गाउँमै उपचार गराउँदा सकियो अब कसरी पैसा जुटाउने होला ।” अहिले बच्चालाई आर्थिक अभाबका कारण डाक्टरले लेखेको औषधि समेत चलाउन सकेकी छैनन ।

आर्थिक अभावमा उपचार गराउन कठिन रहेकी उनले छोरो बँचाउन सबैसँग हारगुहार गरीरहेकी छीन । बच्चालाई राम्रोसँग एन्टिबायोटिक चलाए केही सुधार हुन सक्ने बताएका छन । तर सामान्य ओषधि पनि उनले किन्न सकेकी छैनन । अहिले अस्पतालबाटै सहजीकरण गराउदै बच्चाको उपचार भैरहेको चिकित्सकले बताए ।

रोल्पाको लुङगृ घर भएकी खिन्तीले आफ्नो श्रीमान बच्चाको उपचारको लागि ऋण काढ्न गाउँ गएपनि पैसा लिएर अँझै आएका छैनन । आर्थिक अभाबले प्युठान अस्पतालको शैयामा छटपटाईरहेका बालकको उपचारको लागि हार गुहार गरीरहेकी आमाले सबैसँग सहयोगको याचना गरीरहेकी छिन । सहयोगी मनहरुले सहयोगका लागि उपचाररत बच्चाकी दिदिको सम्पर्क नम्बर 974-6388321 रहेको छ ।

प्रतिकृया दिनुहोस्

जिल्ला अस्पताल विजुवारको विद्युत समस्या हलहुने (भिडियो सहित)

जिल्ला अस्पताल बिजुवारमा नयाँ विद्युत लाइन जडान गरिएको छ । अस्पतालमा प्रयाप्त विद्युत प्रभाह नभएका...

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...