News Portal

रेडियो सुन्नुहोस्

बाँदीकोटमा गढीकोट मेला लाग्दै

बिमल प्रसाद पोख्रेल२०७८ असोज ३१
७७५ पटक
२०७८ असोज ३१

झिमरुक गाउँपालिका २ बाँदिकोट स्थित गढीकोट आलमदेवी मन्दिरमा यस वर्ष मेला लाग्ने भएको छ । बिगतका बर्षहरुमा जस्तै यो वर्ष पनि कोजाग्रत पुर्णीमाको दिन कार्तिक ३ गते बिबिध पुजापाठसँगै मेला लाग्ने भएको हो । गत बर्ष बिश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणको दर बढेको कारण सामान्य रुपमा मात्रै मेला लगाइएको थियो ।

मेला ब्यवस्थित रुपमा सन्चालन गर्नका लागि बिभिन्न उपसमिति समेत बनाइ तयारि अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र एमसिले बताए । यस मन्दिरमा पुर्णिमाको दिन शान्तिको प्रतिक सेतो परेवा उडाउने प्रचलन छ । भाकल गरेकाहरुले पाठा तथा पाडा बलिका लागि चढाउने गरीन्छ । यहाँ परम्परागत रुपमा रहेको लाखे सरायँ नाँच पनि देखाउने चलन छ ।

मेला भर्न आउनेहरुका लागि अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र अनावश्यक भिडभाड नगर्न आलमदेवि मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष कृष्ण प्रसाद पोख्रेलले जानकारी दिए । उनका अनुसार मन्दिर परिसर वरिपरि मदिरा सेवन तथा बिक्रि वितरणमा पनि रोक लगाइएको छ ।

यहाँ मेला भर्नका लागि प्यूठान सहित गुल्मि,  अर्घाखाँची, रोल्पा, दाङ, कपिलवस्तु, रुपन्देहि लगायतका ठाउँबाट भक्तजनहरु आउने गर्दछन् । यस मन्दिरमा भाकल गरी परेवा उडाएमा, धुप ध्वजा, बली चढाएमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहि आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...