News Portal

रेडियो सुन्नुहोस्

बाँदीकोटमा गढीकोट मेला लाग्दै

बिमल प्रसाद पोख्रेल२०७८ असोज ३१
६५२ पटक
२०७८ असोज ३१

झिमरुक गाउँपालिका २ बाँदिकोट स्थित गढीकोट आलमदेवी मन्दिरमा यस वर्ष मेला लाग्ने भएको छ । बिगतका बर्षहरुमा जस्तै यो वर्ष पनि कोजाग्रत पुर्णीमाको दिन कार्तिक ३ गते बिबिध पुजापाठसँगै मेला लाग्ने भएको हो । गत बर्ष बिश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणको दर बढेको कारण सामान्य रुपमा मात्रै मेला लगाइएको थियो ।

मेला ब्यवस्थित रुपमा सन्चालन गर्नका लागि बिभिन्न उपसमिति समेत बनाइ तयारि अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र एमसिले बताए । यस मन्दिरमा पुर्णिमाको दिन शान्तिको प्रतिक सेतो परेवा उडाउने प्रचलन छ । भाकल गरेकाहरुले पाठा तथा पाडा बलिका लागि चढाउने गरीन्छ । यहाँ परम्परागत रुपमा रहेको लाखे सरायँ नाँच पनि देखाउने चलन छ ।

मेला भर्न आउनेहरुका लागि अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र अनावश्यक भिडभाड नगर्न आलमदेवि मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष कृष्ण प्रसाद पोख्रेलले जानकारी दिए । उनका अनुसार मन्दिर परिसर वरिपरि मदिरा सेवन तथा बिक्रि वितरणमा पनि रोक लगाइएको छ ।

यहाँ मेला भर्नका लागि प्यूठान सहित गुल्मि,  अर्घाखाँची, रोल्पा, दाङ, कपिलवस्तु, रुपन्देहि लगायतका ठाउँबाट भक्तजनहरु आउने गर्दछन् । यस मन्दिरमा भाकल गरी परेवा उडाएमा, धुप ध्वजा, बली चढाएमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहि आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...