News Portal

रेडियो सुन्नुहोस्

वर्षाका कारण रजवारामा भलिवल प्रतियोगिता अबरुद्ध

झुलेनी नेटवर्क२०७८ कार्तिक १, प्यूठान
६९२ पटक
२०७८ कार्तिक १, प्यूठान

लगातारको वर्षाका कारण गौमुखी गाउँपालिका ३ रजवारामा आयोजना भइरहेको खेलकुद कार्यक्रम अवरुद्ध भएको छ । सोमवार बेलुकासम्म कार्यक्रम सम्पन्न गर्ने भनिएपनि लगातारको झरीले प्रतियोगिता सञ्चालन हुन नसकेको तिखाचुली युवा क्लवका अध्यक्ष जोगिन्द्र मल्लले जानकारी दिए ।

उनका अनुसार हरेक वर्ष बिजयादशमीको अर्को दिनदेखि विविध खेलकुद कार्यक्रम आयोजना गरीदै आएको छ । शनिवारदेखि आयोजित कार्यक्रममा गौमुखी गाउँपालिकाको आर्थिक सहयोग र ३ वडा कार्यालयको सह आयोजनामा गाउँपालिका वडा स्तरिय प्रतियोगिता सञ्चालन भइरहेको छ ।

यो वर्ष प्रतियोगितामा प्यूठान, गुल्मी र बाग्लुङ जिल्लाका २१ टिम पुरुष भलिवल प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै महिला भलिवल प्रतियोगितामा ६ टिम सहभागी रहेका छन् ।

यसमा प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । पुरुष भलिवलको पहिलो चरण सकिएको छ भने अर्को चरण सञ्चालन गर्न सकिएको छैन । त्यसैगरी महिला भलिवल खेल सञ्चालन गर्न समेत बाँकी रहेको छ । यस्तै घैटोफोर र हाँस पकड प्रतियोगिता समेत सञ्चालन गर्न बाँकी रहेको आयोजकले जनाएको छ ।

२०५७ सालदेखि लगातार रुपमा भलिवल प्रतियोगिता आयोजना गर्दै आएको क्लवले जिल्लामै पहिलो पटक महिला भलिवल प्रतियोगिता सञ्चालन गर्ने पहिलो संस्था हो । क्लवले खेलकुद कार्यक्रम आयोजना गर्न थालेको अहिले २२ वर्ष पुगेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...