News Portal

रेडियो सुन्नुहोस्

सुचनाको हकको प्रयोग आम नागरीकले गर्नुपर्छः सरोकारवाला

सिखबर संवाददाता१५ असार प्यूठान
१३२३ पटक
१५ असार प्यूठान

सुचनाको हकको ऐन निर्माण भएको दशक वितिसक्दा पनि सुचनाको हकको सहि अभ्यास हुन नसकेको सुचनाको हकसंग सम्वद्ध सरोकारवालाहरुले वताएका छन्।

राष्टिय सुचना आयोग काठमाण्डौको सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले सुचनाको हकको सहि प्रचलन र त्यसको आवश्यकताअनुसार प्रवद्र्धन हुन नसकेको वताए।

कार्यक्रमका प्रमुख अथिती नेपाल पत्रकार महासंघ प्रदेश नं ५ का उपाध्यक्ष दिपा घर्तिले सुचनाको हकको प्रयोग पत्रकारले मात्र नभएर आम नागरिकले गर्न सकेमा मात्र मुलुकमा सुशासन प्रवद्र्धन हुने वताउनु भयो। सुचनाको हकको वर्तमान प्रचलनलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाई छ।

कार्यक्रमको सहजिकरण गर्दै नेपाल पत्रकार महासंघ प्यूठानका पुर्व अध्यक्ष शुसिल पोख्रेलले सुचना पुर्ण रुपमा प्रदान नगरिने, सुचनाको माग पनि सरोकारवालाले पद्धतिवमोजिम नगर्ने समस्यालाई चिर्न सेवाप्रदायकले जवाफदेहिता र सेवाग्राहिले विधिको प्रयोग गरि सुचना माग गर्नुपर्ने वताउनु भयो।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) का प्रदेश नं ५ का कोषाध्यक्ष कृष्णभक्त गिरी, नेपाल पत्रकार महासंघ प्यूठानका निवर्तमान उपाध्यक्ष टिकाराम पोख्रेल लगायत जिल्लाका पत्रकारहरुको उपस्थिती रहेको कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष महाविर रानाको अध्यक्षतामा सम्पन्न भएको थियो।

जिल्लामा सुचनाको हकको प्रचलन अत्यन्तै कमजोर रहेको छ। अधिकांस सार्वजनीक निकायहरुमा औचारीक रुपमा निवेदन दिएर सुचना माग्ने अभ्यास अत्यन्तै कम छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...