News Portal

रेडियो सुन्नुहोस्

सुचनाको हकको प्रयोग आम नागरीकले गर्नुपर्छः सरोकारवाला

सिखबर संवाददाता१५ असार प्यूठान
१३०९ पटक
१५ असार प्यूठान

सुचनाको हकको ऐन निर्माण भएको दशक वितिसक्दा पनि सुचनाको हकको सहि अभ्यास हुन नसकेको सुचनाको हकसंग सम्वद्ध सरोकारवालाहरुले वताएका छन्।

राष्टिय सुचना आयोग काठमाण्डौको सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले सुचनाको हकको सहि प्रचलन र त्यसको आवश्यकताअनुसार प्रवद्र्धन हुन नसकेको वताए।

कार्यक्रमका प्रमुख अथिती नेपाल पत्रकार महासंघ प्रदेश नं ५ का उपाध्यक्ष दिपा घर्तिले सुचनाको हकको प्रयोग पत्रकारले मात्र नभएर आम नागरिकले गर्न सकेमा मात्र मुलुकमा सुशासन प्रवद्र्धन हुने वताउनु भयो। सुचनाको हकको वर्तमान प्रचलनलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाई छ।

कार्यक्रमको सहजिकरण गर्दै नेपाल पत्रकार महासंघ प्यूठानका पुर्व अध्यक्ष शुसिल पोख्रेलले सुचना पुर्ण रुपमा प्रदान नगरिने, सुचनाको माग पनि सरोकारवालाले पद्धतिवमोजिम नगर्ने समस्यालाई चिर्न सेवाप्रदायकले जवाफदेहिता र सेवाग्राहिले विधिको प्रयोग गरि सुचना माग गर्नुपर्ने वताउनु भयो।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) का प्रदेश नं ५ का कोषाध्यक्ष कृष्णभक्त गिरी, नेपाल पत्रकार महासंघ प्यूठानका निवर्तमान उपाध्यक्ष टिकाराम पोख्रेल लगायत जिल्लाका पत्रकारहरुको उपस्थिती रहेको कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष महाविर रानाको अध्यक्षतामा सम्पन्न भएको थियो।

जिल्लामा सुचनाको हकको प्रचलन अत्यन्तै कमजोर रहेको छ। अधिकांस सार्वजनीक निकायहरुमा औचारीक रुपमा निवेदन दिएर सुचना माग्ने अभ्यास अत्यन्तै कम छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...