News Portal

रेडियो सुन्नुहोस्

ड्युटी एउटा नजर अर्को : जुवा खालबाट रकम लुकाउछ प्रहरी

झुलेनी नेटवर्क२०७८ कार्तिक ८, प्यूठान
५१० पटक
२०७८ कार्तिक ८, प्यूठान

चार्डवाडको समयमा जुवा खेल्ले क्रम बढेको गुनासो आएसंगै प्रहरीले जुवाडेको खोजी गर्न थालेको छ । विशेष सूचनाको आधारमा जुवाको खालमा पुगेर जुवाडे पक्राउ गरि कानुनी कारबाही गर्ने प्रहरीको ड्युटी हो । यो कार्य प्यूठान प्रहरीले पछिल्लो समयमा जिल्लाभर बढाएको छ ।

प्रहरीले जुवाडे खोज्न थालेपछि जुवातास खेल्ने क्रम पनि घटेको छ । तर, जुवाडे पक्राउ गर्न, जुवातास रोक्न खटीएका केहि प्रहरी कर्तब्य भन्दा बाहिर गएको तथ्य झुलेनी नेटवर्कले फेला पारेको छ । जुवाडे पक्राउन गर्न गएका केहि प्रहरीको ध्यान जुवातास रोक्ने नभई मौकामा चौका हानी दाम लुकाउने गरेको भेटिएको हो ।

जुवाडे पक्राउ गर्न खटिएका प्रहरीले जुवा खालमा भेटाएका रकम थोरै देखाएर लुकाउने गरेको छन् । गत असोज २५ गते प्यूठान नगरपालिका ४ जुम्रीको ऐरावती होटलबाट जुवातास खेलिरहेको समयमा प्रहरीले ९ जना जुवाडे पक्राउ गरेको थियो । यो घटनामा जुवाडेहरुबाट प्रहरीले १ लाख ६५ हजार नगद, ७ थान मोवाइल सेट बरामद गरेको सार्वजनीक गरेको थियो । स्रोतका अनुसार यो घटनामा जुवाखालमा ७ लाख भन्दा बढि रकम थियो ।

स्रोतका अनुसार प्रहरी पक्राउ गर्न आएको देखेपछि जुवाडेहरुले आफूहरुसंग भएको रकम कसैले, कोठाको सिलङमाथि कसैले सिरक भित्र त कसैले खाटमुनी लुकाएका थिए । प्रहरीले खालमा रहेको रकम मात्र देखाएर अन्यत्र रहेको रकम लुकाएको स्रोतको दावी छ ।

जुवाडे पक्राउ गर्न इलाका प्रहरी कार्यालय विजुवारका सहायक प्रहरी निरीक्षक सिद्धिमान गिरीको कमाण्डमा असई हरी बस्नेत, रामबचन चौधरी लगायतको टोली खटिएको थियो । खाल भन्दा बाहिर जुवाडेले लुकाएको रकम प्रहरीले खोजी/खोजी लगेको स्रोतको दाबि छ ।

अनुसन्धान पछि सबै जुवाडे १७/१७ हजार रुपैयाँ धरौटीमा छुटेका छन् । हिरासतबाट बाहिर निस्केपछि आफूको धेरै रकमा प्रहरीले लुकाएको गुनासो उनीहरुले गरेका थिए । त्यसपछि एक जनालाई प्रहरीले ४७ हजार अर्कोलाई १४ हजार फिर्ता गरेको छ ।

अरु बाँकी रकम ड्यूटीमा खटिएका प्रहरीको मिलोमतोमा लुकाइएको स्रोतको दावि छ । जुवा खालमा बरामत गरिएको रकम सबै राजश्वमा जम्मा गर्नुपर्ने कानुनी प्रावधान छ । मुलुकी अपराध संहिताको परिक्षेद ५ को दफा १ सय २५ अन्तर्गत जुवा खेल्ने र खेलाउनेलाई पहिलो पटक ३ महिना सम्म कैद वा ३० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...