News Portal

रेडियो सुन्नुहोस्

ड्युटी एउटा नजर अर्को : जुवा खालबाट रकम लुकाउछ प्रहरी

झुलेनी नेटवर्क२०७८ कार्तिक ८, प्यूठान
९५९ पटक
२०७८ कार्तिक ८, प्यूठान

चार्डवाडको समयमा जुवा खेल्ले क्रम बढेको गुनासो आएसंगै प्रहरीले जुवाडेको खोजी गर्न थालेको छ । विशेष सूचनाको आधारमा जुवाको खालमा पुगेर जुवाडे पक्राउ गरि कानुनी कारबाही गर्ने प्रहरीको ड्युटी हो । यो कार्य प्यूठान प्रहरीले पछिल्लो समयमा जिल्लाभर बढाएको छ ।

प्रहरीले जुवाडे खोज्न थालेपछि जुवातास खेल्ने क्रम पनि घटेको छ । तर, जुवाडे पक्राउ गर्न, जुवातास रोक्न खटीएका केहि प्रहरी कर्तब्य भन्दा बाहिर गएको तथ्य झुलेनी नेटवर्कले फेला पारेको छ । जुवाडे पक्राउन गर्न गएका केहि प्रहरीको ध्यान जुवातास रोक्ने नभई मौकामा चौका हानी दाम लुकाउने गरेको भेटिएको हो ।

जुवाडे पक्राउ गर्न खटिएका प्रहरीले जुवा खालमा भेटाएका रकम थोरै देखाएर लुकाउने गरेको छन् । गत असोज २५ गते प्यूठान नगरपालिका ४ जुम्रीको ऐरावती होटलबाट जुवातास खेलिरहेको समयमा प्रहरीले ९ जना जुवाडे पक्राउ गरेको थियो । यो घटनामा जुवाडेहरुबाट प्रहरीले १ लाख ६५ हजार नगद, ७ थान मोवाइल सेट बरामद गरेको सार्वजनीक गरेको थियो । स्रोतका अनुसार यो घटनामा जुवाखालमा ७ लाख भन्दा बढि रकम थियो ।

स्रोतका अनुसार प्रहरी पक्राउ गर्न आएको देखेपछि जुवाडेहरुले आफूहरुसंग भएको रकम कसैले, कोठाको सिलङमाथि कसैले सिरक भित्र त कसैले खाटमुनी लुकाएका थिए । प्रहरीले खालमा रहेको रकम मात्र देखाएर अन्यत्र रहेको रकम लुकाएको स्रोतको दावी छ ।

जुवाडे पक्राउ गर्न इलाका प्रहरी कार्यालय विजुवारका सहायक प्रहरी निरीक्षक सिद्धिमान गिरीको कमाण्डमा असई हरी बस्नेत, रामबचन चौधरी लगायतको टोली खटिएको थियो । खाल भन्दा बाहिर जुवाडेले लुकाएको रकम प्रहरीले खोजी/खोजी लगेको स्रोतको दाबि छ ।

अनुसन्धान पछि सबै जुवाडे १७/१७ हजार रुपैयाँ धरौटीमा छुटेका छन् । हिरासतबाट बाहिर निस्केपछि आफूको धेरै रकमा प्रहरीले लुकाएको गुनासो उनीहरुले गरेका थिए । त्यसपछि एक जनालाई प्रहरीले ४७ हजार अर्कोलाई १४ हजार फिर्ता गरेको छ ।

अरु बाँकी रकम ड्यूटीमा खटिएका प्रहरीको मिलोमतोमा लुकाइएको स्रोतको दावि छ । जुवा खालमा बरामत गरिएको रकम सबै राजश्वमा जम्मा गर्नुपर्ने कानुनी प्रावधान छ । मुलुकी अपराध संहिताको परिक्षेद ५ को दफा १ सय २५ अन्तर्गत जुवा खेल्ने र खेलाउनेलाई पहिलो पटक ३ महिना सम्म कैद वा ३० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...