News Portal

रेडियो सुन्नुहोस्

भालुवाङमा सवारीसाधनको प्रदुषण मापन

झुलेनी नेटवर्क२०७८ कार्तिक ०८ दाङ्ग
६३० पटक
२०७८ कार्तिक ०८ दाङ्ग

दाङको देउखुरीमा डिजल र पेट्रोलबाट चल्ने सवारीसाधनको प्रदुषण मापन गरिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले जिल्ला ट्राफिक प्रहरी कार्यालय,यातायात व्यवस्था कार्यालयको सहकार्यमा सवारीसाधनको प्रदुषण मापन सुरू गरेको हो । सवारीसाधनको धुवाबाट वातावरण प्रदुषण बढेकाले प्रदुषण रोकथामका लागि सवारीसाधनको प्रदुषण मापन सुरू गरिएको हो ।

वातावरण विभागले लुम्बिनी प्रदेशबाट प्रदुषण मापन सुरू गरेको छ । विभागले सोमबार देखि लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङबाट प्रदुषण मापन अभियान सुरू गरेको छ । भालुवाङमा ५३ वटा सवारीसाधन मध्य डिजलबाट सञ्चालन भएका २७ वटा सवारीसाधनको प्रदुषण मापन गर्दा १२ वटा गाडी पास र १५ वटा गाडी फेल भएका छन् । पेट्रोलबाट सञ्चालन हुने २६ वटा सवारीसाधनको प्रदुषण मापन गर्दा २५ वटा गाडी पास र १ वटा गाडी फेल भएका छन् । विभागले लुम्बिनी प्रदेशको भालुवाङ पछि अब अन्य प्रदेशमा पनि प्रदुषण मापन गरिने वातावरण विभागका मेकानिकल इन्जिनियर अधिकारीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...