News Portal

रेडियो सुन्नुहोस्

भालुवाङमा सवारीसाधनको प्रदुषण मापन

झुलेनी नेटवर्क२०७८ कार्तिक ०८ दाङ्ग
७५६ पटक
२०७८ कार्तिक ०८ दाङ्ग

दाङको देउखुरीमा डिजल र पेट्रोलबाट चल्ने सवारीसाधनको प्रदुषण मापन गरिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले जिल्ला ट्राफिक प्रहरी कार्यालय,यातायात व्यवस्था कार्यालयको सहकार्यमा सवारीसाधनको प्रदुषण मापन सुरू गरेको हो । सवारीसाधनको धुवाबाट वातावरण प्रदुषण बढेकाले प्रदुषण रोकथामका लागि सवारीसाधनको प्रदुषण मापन सुरू गरिएको हो ।

वातावरण विभागले लुम्बिनी प्रदेशबाट प्रदुषण मापन सुरू गरेको छ । विभागले सोमबार देखि लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङबाट प्रदुषण मापन अभियान सुरू गरेको छ । भालुवाङमा ५३ वटा सवारीसाधन मध्य डिजलबाट सञ्चालन भएका २७ वटा सवारीसाधनको प्रदुषण मापन गर्दा १२ वटा गाडी पास र १५ वटा गाडी फेल भएका छन् । पेट्रोलबाट सञ्चालन हुने २६ वटा सवारीसाधनको प्रदुषण मापन गर्दा २५ वटा गाडी पास र १ वटा गाडी फेल भएका छन् । विभागले लुम्बिनी प्रदेशको भालुवाङ पछि अब अन्य प्रदेशमा पनि प्रदुषण मापन गरिने वातावरण विभागका मेकानिकल इन्जिनियर अधिकारीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...