News Portal

रेडियो सुन्नुहोस्

एमाले छोडि गएकाहरु फर्कि आउँदै : मणि थापा

तेजेन्द्र बि.एम.२०७८ कार्तिक ०९, प्यूठान
७३१ पटक
२०७८ कार्तिक ०९, प्यूठान

मंगलबार देशैभर एकैसाथ नेकपा एमालेले प्रथम नगर तथा गाउँपालिका अधिवेशन गरिरहेकोे छ । प्युठानको ९ वटै स्थानीय तहहरुमा भैरहेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
प्युठान नगरपालिकाको अधिवेशनमा नेकपा एमाले स्थाइ कमिटी सदस्य तथा पुर्व खानेपानी मन्त्री मणिचन्द्र थापाको प्रमुख तथा केन्द्रिय सदस्य तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाको विशेष आतिथ्यता रहेको थियो ।

उनीहरुले यसरी देशैभर एकसाथ अधिबेशन गर्न अन्य पार्टीले नसकेको दाबी गरेका छन । “हामीलाई छोडेर गएकाहरु निडर र देशको लागि लड्ने केपी ओलिकै नेतृत्वको पार्टीलाई रोजेर फर्की आउँदैछन,” मणि थापाले भने । अन्य पार्टीले सरकार चलाउदा वर्षभरि १० किलोमीटर सडक पक्की गर्थे भने केपी शर्मा ओली नेतृत्वको सरकारले हरेक दिन ६ किलोमीटर सडक पक्की गरेको, चुच्चे नक्सा पारित र सगरमाथाको उचाई मापन पनि ओलि नेतृत्वको सरकारले नै गेरेको सुर्य थापाले बताए ।

कार्यक्रममा, प्रदेश कमिटी सचिवालय सदस्य तथा पुर्व सांसद हरि रिजाल, जिल्ला कमिटी अध्यक्ष तुल्सिराम शर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेताहरु यस्तो सान्दर्भिक र उत्साह पुर्ण कार्यक्रम भएकोमा खुशी व्यक्त गर्दै कार्यक्रम सफलता र नयाँ बन्ने कमिटीलाई शुभकामना दिएका थिए ।
कार्यक्रमको अध्यक्षता नगर कमिटी अध्यक्ष टंक बहादुर खड्काले गरेका हुन् । अहिले उनीहरु अन्य गाउँपालिकाको अधिवेशन उद्घाटनको लागी हिडिरहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...