News Portal

रेडियो सुन्नुहोस्

वर्षौ अलपत्र दाखाक्वाडी बर्जिवाङ सडक

टु आर क्षेत्री२०७८ कार्तिक १६
७४० पटक
२०७८ कार्तिक १६

जिल्लाको दाखाक्वाडि बर्जिवाङ भिंगृ सडक ट्रयाक खुलेको ५० वर्ष पूरा भएको छ । बाटो पुगेको यतिका लामो समय बितिसक्दा पनि कालोपत्रे हुन सकेको छैन । कालोपत्रेको कल्पनामा दिन पर्खेका स्थानीयलाई सडक नियमति मर्मत संभार नहुँदा सास्ती भोग्न बाध्य छन् ।

सडकको स्तरोन्नति र कालोपत्रेका लागि डेढ वर्ष अघि ठेक्का सम्झौता भएर प्रक्रिया अघि बढेको भए पनि ठेकेदार कम्पनीको लापर्बाही र अनुगमन गर्ने निकायको बेवास्ताका कारण सडक झनै जोखिमपूर्ण बनेको छ ।  वि.सं. २०२८ सालमा ट्रयाक खुलेको यो सडकको स्तरोन्नति र कालोपत्रेका लागि सडक पुर्वाधार विकास कार्यालय रोल्पाले २०७७ जेष्ठ २७ गते यस सडक खण्डको ५ किलो मिटर सडक कालोपत्रे गर्न गौरा बंगलामुखी जेभिले ११ करोड ५६ लाख ८६ हजार १३ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो ।

सम्झौता अनुसार २ वर्षमा सक्ने गरी ठेक्का गरीएको थियो । प्रदेश गौरवको योजना अन्तर्गत जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग नामाकरण गरी यो सडक कालोपत्रेका लागि लुम्विनी प्रदेशका तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेलले शिलान्यास समेत गरेका थिए । ‘सडक कालोपत्रेको काम सुरु भएको डेढ वर्ष बित्यो’ स्थानीय प्रदिप जि.सी.ले भने, ‘सडक स्तरोन्नतिको अझैसम्म सकिएको छैन ।’

जि.सी.का अनुसार पछिल्लो ३ महिनादेखि काम चलेको छैन । सडकको अवस्था दिनप्रतिदिन बिग्रदै गएकोले बाँकी सम्झौताकै समयमा काम सकिनेमा स्थानीय विश्वस्त छैनन्। साँघुरो सडक, खाल्डाखुल्डी र छोटा घुम्टि भएकाले यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । छोटो दुरीमा सवारी चलाउनेहरुलाई उस्तै सास्ती छ । बर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे यो सडकले स्थानीय हैरान छन् ।

गएको ३ महिनादेखि ठेग्दार वडाको सम्पर्कमा नरहेको प्यूठान नगरपालिका वडा नं २ का वडा अध्यक्ष मुक्ति पोख्रेलले बताए । ‘मैले धेरै पटक सम्पर्कमा लिने कोशिस गरे संभव भएन’, उनले भने, ‘अहिले जिल्ला प्रशासनलाई जानकारी गराएको छु ।’

स्थानीय जनप्रतिनिधिबाट ठेकेदारलाई तत्काल कार्य गर्न अनुरोध सहित पत्र आएकाले छिट्टै दुवै पक्षलाई छलफल गराई रोकिएको कार्य सुरु गर्न निर्देशन दिने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए। सडक डिभिजन कार्यालय रोल्पाले पनि तिहार लगत्तै काम सुरु गराउने जानकारी दिएको छ । झुलेनी पोष्ट साप्ताहिकमा प्रकाशित ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकामा अन्तरक्रिया

आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकाले सरोकारवालाहरू बिच अन्तरक्रिया सम्पन्न गरेको छ । प्यूठान नगरपालिकाको आयोजना,...

युवा स‌ङ्घ नौबहिनीको नेतृत्वमा युवराज चयन

राष्ट्रिय युवा संघ नेपाल नौबहिनी गाउँपालिकाको अध्यक्षमा युवराज पुन निर्वाचित भएका छन् । आईतवार भएको...

खानेपानी मन्त्री थापाको बाग्दुला मच्छि पैदलयात्रा सम्पन्न

लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले प्यूठान नगरपालिका वडा नं. ८ बाग्दुलादेखी...

जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न

जिल्ला सहकारी संघ लिमिटेड प्यूठानको ११ औँ साधारणसभा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष...

देशभक्त र प्रगतिशील मजबुत बन्दा प्रतिक्रियावादीहरू आतङ्कित: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रगतिशील, देशभक्त र जनवादी शक्तिहरू मजबुत...