News Portal

रेडियो सुन्नुहोस्

जनप्रतिनिधिको उदाहरणीय काम

झुलेनी नेटवर्क२०७८ कार्तिक १६
१२२२ पटक
२०७८ कार्तिक १६

यहाँ लटरम्मै सिलाम खेती छ । सिलाम खेती परम्परागत खेती हो । गाउँमा सिलाम खेती धेरैले छोडिसके । यो खेती आफै उम्रेको बाहेक स्थानीयले खेती गर्दैनन् । अचार खानको लागि सिलाम खुवै स्वादिष्ट हुन्छ । गाउँघरमा अचार खानका लागि धेरैले बजारबाट आयातित सिलाम लैजाने गर्दछन् ।

सिलाम सँगै उनले अदुवा खेती गरेका छन् । अदुवा बिक्रिबाट पनि उनले मनग्य आम्दानी गरीरहेका छन् । झिमरुक १ नं. वडाका जनप्रतिनिधि समेत रहेका शंकर पोख्रेल गाउँमा अरुभन्दा फरक काम गर्ने सोंच राख्दै आएका छन् । आफूले गाउँका युवाहरुलाई कृषि खेतीमा लाग्न आग्रह गरीरहँदा आफैले केहिँ नगरी अरुलाई सिकाउनु उत्तम नहुने भएकाले कृषि खेतीमा लागेका हुन् ।

बारीमा खेतीयोग्य जमिनबाहेक कान्लामा उस्तैगरी फर्सि समेत फलाएका छन् । मौषमी रुपमा फल्ने फर्सिलाई उनले बेमौषमी रुपमा हिउँदपछि बिक्रि गर्दै आएका छन् । यो फर्सिलाई उनले सस बनाउने कम्पनी पठाउँदै आएका छन् । त्योसँगै उनले परिक्षणका लागि १ सय पोलमा ४ सय ड्रयागन खेती समेत थालेका छन् ।

यो वर्ष परिक्षण भएकाले राम्रो रुपमा उत्पादन भएमा यो खेती गाउँभर बिस्तार गर्ने लक्ष्य राखेका छन् । गाउँमा परम्परागत रुपमा गरीने खेतीलाई बिस्तार गर्दै पोख्रेलले हलेतो खेती समेत गरीरहेका छन् । हलेतो खेती बिस्तारका लागि उनले बिउ बेचेरै मनग्य आम्दानी लिइरहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...