News Portal

रेडियो सुन्नुहोस्

जनप्रतिनिधिको उदाहरणीय काम

झुलेनी नेटवर्क२०७८ कार्तिक १६
१६८३ पटक
२०७८ कार्तिक १६

यहाँ लटरम्मै सिलाम खेती छ । सिलाम खेती परम्परागत खेती हो । गाउँमा सिलाम खेती धेरैले छोडिसके । यो खेती आफै उम्रेको बाहेक स्थानीयले खेती गर्दैनन् । अचार खानको लागि सिलाम खुवै स्वादिष्ट हुन्छ । गाउँघरमा अचार खानका लागि धेरैले बजारबाट आयातित सिलाम लैजाने गर्दछन् ।

सिलाम सँगै उनले अदुवा खेती गरेका छन् । अदुवा बिक्रिबाट पनि उनले मनग्य आम्दानी गरीरहेका छन् । झिमरुक १ नं. वडाका जनप्रतिनिधि समेत रहेका शंकर पोख्रेल गाउँमा अरुभन्दा फरक काम गर्ने सोंच राख्दै आएका छन् । आफूले गाउँका युवाहरुलाई कृषि खेतीमा लाग्न आग्रह गरीरहँदा आफैले केहिँ नगरी अरुलाई सिकाउनु उत्तम नहुने भएकाले कृषि खेतीमा लागेका हुन् ।

बारीमा खेतीयोग्य जमिनबाहेक कान्लामा उस्तैगरी फर्सि समेत फलाएका छन् । मौषमी रुपमा फल्ने फर्सिलाई उनले बेमौषमी रुपमा हिउँदपछि बिक्रि गर्दै आएका छन् । यो फर्सिलाई उनले सस बनाउने कम्पनी पठाउँदै आएका छन् । त्योसँगै उनले परिक्षणका लागि १ सय पोलमा ४ सय ड्रयागन खेती समेत थालेका छन् ।

यो वर्ष परिक्षण भएकाले राम्रो रुपमा उत्पादन भएमा यो खेती गाउँभर बिस्तार गर्ने लक्ष्य राखेका छन् । गाउँमा परम्परागत रुपमा गरीने खेतीलाई बिस्तार गर्दै पोख्रेलले हलेतो खेती समेत गरीरहेका छन् । हलेतो खेती बिस्तारका लागि उनले बिउ बेचेरै मनग्य आम्दानी लिइरहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...