News Portal

रेडियो सुन्नुहोस्

नियमित गेटभन्दा फरक गेट प्रयोग गरेर सर्वाेच्च अदालतमा प्रवेश

झुलेनी नेटवर्क २०७८ कार्तिक २६, काठमाडौँ
८३५ पटक
२०७८ कार्तिक २६, काठमाडौँ

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले चोर बाटोबाट अदालत छिर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसरी न्यायालय चलाउन सक्छन् भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘आज चोरबाटोबाट छिर्नुभयो, बारमा विचौलिया छिराउनुभयो त्यसको भत्सर्ना गर्छौं । आज चोरबाटोबाट छिर्नुभयो । आजै आफ्नो हिसाब मिलाउनुहोस्, छोड्नुहोस् । पछि चिच्याउने अवस्था पनि पाउनुहुन्न । न्यायको मन्दिर भत्कियो भने न्याय डगमगायो भने सत्ता पल्टाउने क्षमता कानुन व्यावसायीसँग छ ।’
शुक्रबार प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्ने नियमित गेटभन्दा फरक गेट प्रयोग गरेर अदालत प्रवेश गरेका थिए । नेपाल बारका पदाधिकारी तथा वकिलहरुले अदालतको मुख्य गेट अगाडी बसेर धर्ना दिँदै प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाएका थिए ।

करिब ११ बजेतिर सर्वोच्चमा आएका प्रधानन्यायाधीश जबराले महान्यायधिवक्ताको कार्यालय नजिकैको गेट प्रयोग गरेर अदालत प्रवेश गरेका थिए ।
कान्तिपुर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...