News Portal

रेडियो सुन्नुहोस्

नियमित गेटभन्दा फरक गेट प्रयोग गरेर सर्वाेच्च अदालतमा प्रवेश

झुलेनी नेटवर्क २०७८ कार्तिक २६, काठमाडौँ
६६८ पटक
२०७८ कार्तिक २६, काठमाडौँ

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले चोर बाटोबाट अदालत छिर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसरी न्यायालय चलाउन सक्छन् भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘आज चोरबाटोबाट छिर्नुभयो, बारमा विचौलिया छिराउनुभयो त्यसको भत्सर्ना गर्छौं । आज चोरबाटोबाट छिर्नुभयो । आजै आफ्नो हिसाब मिलाउनुहोस्, छोड्नुहोस् । पछि चिच्याउने अवस्था पनि पाउनुहुन्न । न्यायको मन्दिर भत्कियो भने न्याय डगमगायो भने सत्ता पल्टाउने क्षमता कानुन व्यावसायीसँग छ ।’
शुक्रबार प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्ने नियमित गेटभन्दा फरक गेट प्रयोग गरेर अदालत प्रवेश गरेका थिए । नेपाल बारका पदाधिकारी तथा वकिलहरुले अदालतको मुख्य गेट अगाडी बसेर धर्ना दिँदै प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाएका थिए ।

करिब ११ बजेतिर सर्वोच्चमा आएका प्रधानन्यायाधीश जबराले महान्यायधिवक्ताको कार्यालय नजिकैको गेट प्रयोग गरेर अदालत प्रवेश गरेका थिए ।
कान्तिपुर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...