News Portal

रेडियो सुन्नुहोस्

लाेकप्रिय गायिका सुशिला गाैतमकाे राताे भाले अायाे “भिडियाे सहित हेर्नुहाेस”

सिखबर संवाददाता गाेविन्द विश्‍वकर्मा
१०४४ पटक
गाेविन्द विश्‍वकर्मा

लाेकप्रिय गायिका सुशिला गाैतमकाे यसपालिकाे तीज गीत राताे भाले भर्खरै सार्वजनिक भएकाे छ । नेपाली नारिहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा गायिका गाैतमले राताे भाले नामक तीज विशेष काेशेली दर्शक श्राेताकाे लागि पस्कनु भएकाे हाे । गत वर्ष चर्चित लाेक तथा दाेहाेरी गायक पशुपति शर्मा सँगकाे सहकार्यमा मलार्इ जवानीले ढुनुमुनु बनायाे भन्ने गीत बजारमा ल्याइएकी थिइन । जुन गीतले धेरै दर्शक श्राेताकाे मन पनि जितेकाे थियाे ।

अाफ्नाे दर्शक श्राेताकाे माग सांगितिक यात्राकाे निरन्तरता काे कुरालार्इ मध्यनगरमा राख्दै गायिका गाैतमले यसपटक पनि नयाँ तीज गीत बजारमा ल्याएकी हुन । जुन गीतमा बहुचर्चित लाेकदाेहाेरी गायक खुमन अधिकारीकाे स्वर एवं संगीत रहेकाे छ भने महिला अावाज र शब्द उनै गाैतमकाे रहेकाे छ ।

पछिल्लाे पुस्ताका व्यस्त निर्देशक विक्रम चाैहानकाे निर्देशन रहेकाे यस म्यूजिक भिडियाेमा चर्चित नायिका रिना थापा मगर र प्रकाश सपुतकाे अभिनय रहेकाे छ ।  प्रकाश खड्काले छायाँकन गर्नुभएकाे म्यूजिक भिडियाेकाे सम्पादन मिलन  विकले गर्नुभएकाे छ । गीतलार्इ गायिका गाैतमले अाफ्नै यूटुव च्यानल मार्फत सार्वजनिक गर्नुभएकाे छ । गीत सार्वजनिक गरेलगत्तै हामी सँग कुरा गर्दै गाैतमले यस गीतले पनि विगतका दिनका गीतहरुले जस्तै दर्शक श्राेताकाे अथाह मायाँ पाउने अाशा गरेकाे बताउनुभयाे । गीतले सबैखाले दर्शक श्राेताकाे मन जिताेस् शुभकामना ।

 

भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...