News Portal

रेडियो सुन्नुहोस्

रोल्पामा जीप दुर्घटना : चालक सहित ३ को मृत्यु, ३ घाइते

झुलेनी नेटवर्क२०७८ कार्तिक २८
९७५ पटक
२०७८ कार्तिक २८

रोल्पामा आइतवार बिहान जीप दुर्घटना हुदा चालक सहित ३ जनाको ज्यान गएको छ । ज्यान जानेमा हुनेमा दुई पुरुष र एक महिला रहेका छन।

आज बिहान करिव ११ बजे पिकअप जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । जिपमा सवार तिनै जनाको घटनास्थलमै ज्यान गएको हो । घाइते ३ जनालाइ उपचारका लागि घर्तिगाउँको सुनिल स्मृती अस्पताल लगिएको छ । जीपमा चालक सहित ६ जना सवार रहेका थिए ।

माडी गाउँपालिका ६ हान्निङबाट घर्ती गाउँ तर्फ जाँदै गरेको रा १ ज ३८२ नंम्वरको पिक अप जीप दुर्घटनामा परेको हो। मृत्यु हुनेहरुको सनाखत बाँकी रहेको प्रहरीको भनाइ छ ।

माडी गाउँपालिका ६ को २१ वर्षिय विना घर्तिमगर, सोही ठाउँका १८ वर्षिय लिन पुन मगर र ६१ वर्षिय पञ्चना विक गम्भिर भएको र उनिहरुलाई उपचारका लागी अन्यत्र लैजाने तयारी भैरहेको छ ।

कच्चि सडक र घुमाउरो मोड भएको कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...