News Portal

रेडियो सुन्नुहोस्

अमृताकाे तीज गीत खैनीले सार्वजनिक “भिडियाे सहित हेर्नुहाेेस”

सिखबर संवाददाता गाेविन्द विश्‍वकर्मा
१२०९ पटक
गाेविन्द विश्‍वकर्मा

पछिल्लाे पुस्ताकी लाेकप्रिय गायिका अमृता श्रीपालकाे तीज गीत “खैनीले” भर्खरै सार्वजनिक भएकाे छ । नेपाली नारिहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा गायिका श्रीपालले खैनी नामक तीज विशेष काेशेली दर्शक श्राेताकाे लागि पस्कनु भएकाे हाे । श्रीपाल विगत केही वर्ष देखि निरन्तर सांगीतिक क्षेत्रमा क्रियाशिल रहदै अाउनु भएकाे छ । हर्दाे चिटिक्क जिउदाल मिलेकाे मिठाे स्वर भएकी गायिकाले बजारमा पठाउनु भएका गीत संगीत दर्शक श्राेताले अत्यन्तै रुचाइदिदै अाउनु भएकाे छ ।

लाेकप्रिय सर्जक नेत्र अर्यालकाे शब्द एवम् गायक रञ्जित परियारकाे संगीत रहेकाे यस तीज गीतमा स्वर गायिका श्रीपाल र रञ्जित परियारकाे रहेकाे छ । मेेशना डिजिटल प्रालिले बजारमा पठाएकाे यस म्यूजिक भिडियाेमा चर्चित नायिका अञ्जली अधिकारी र गायक परियारले अभिनय गर्नुभएकाे छ ।

पछिल्लाे पुस्ताका व्यस्त निर्देशक माैैसमी हिमालीकाे निर्देशन रहेकाे यस म्यूजिक भिडियाेकाे छायाँकन करण चैसिएरले छ । भने भिडियाेकाे सम्पादन नवीन घर्तीमगरले गर्नु भएकाे हाे । गीत सार्वजनिक गरेलगत्तै हामी सँग कुरा गर्दै गायिका श्रीपालले यस गीतले पनि विगतका दिनका गीतहरुले जस्तै दर्शक श्राेताकाे अथाह मायाँ पाउने अाशा गरेकाे बताउनुभयाे । गीतले सबैखाले दर्शक श्राेताकाे मन जिताेस् शुभकामना ।
भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...