News Portal

रेडियो सुन्नुहोस्

सरकारी कार्यालयमा नाम मात्रका सूचना अधिकारी नराख्न सहभागीहरुको जोड

झुलेनी नेटवर्क
६८८ पटक

राष्ट्रिय सूचना आयोगको आयोजनामा बिहिवार सरदमुकाम खलंगामा सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले सरकारी कार्यालयमा नाम मात्रका सुचना अधिकारी राख्ने प्रचलन रहेकोले त्यसको अन्त्यको लागि व्यवस्थापन गर्न सम्बन्धित सरोकारवालाहरुलाइ ध्यान दिन आग्रह गरेका छन ।

अन्य हक भन्दा सूचनाको हक सबैभन्दा महत्वपुर्ण रहेकोले सेवाप्रदायक निकालयले सहज रुपमा सूचना दिनुपर्नेमा आग्रह गरेका थिए । सूचना सधै एउटै ढोकाबाट दिन आग्रह गर्दै उनीहरुले हरेक महिना सूचना सार्जनिक गर्न सेवा प्रदायक निकायलाइ कार्यक्रमका सहभागीहरुको जोड थियो ।

सूचना नागरिकहरुको पहुँचमा हुनुपर्ने जनाउँदै सूचना तत्काल वा १५ दिन भित्रमा सूचना दिन कानुनी प्रावधान रहेकोबारे सहभागीहरुलाइ जानकारी गराइएको थियो । सरकारी कार्यालयका प्रमुख सूचना अधिकारी सन्चारकर्मि लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सूचनाको महत्वबारे राष्ट्रिय सूचना आयोगका भागिरथ पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रिय सूचना आयोगको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यको प्रमुख आतित्थ्यता, सूचना आयोगका सूचना आयुक्त महेन्द्रमान गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...