News Portal

रेडियो सुन्नुहोस्

सरकारी कार्यालयमा नाम मात्रका सूचना अधिकारी नराख्न सहभागीहरुको जोड

झुलेनी नेटवर्क
९३७ पटक

राष्ट्रिय सूचना आयोगको आयोजनामा बिहिवार सरदमुकाम खलंगामा सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले सरकारी कार्यालयमा नाम मात्रका सुचना अधिकारी राख्ने प्रचलन रहेकोले त्यसको अन्त्यको लागि व्यवस्थापन गर्न सम्बन्धित सरोकारवालाहरुलाइ ध्यान दिन आग्रह गरेका छन ।

अन्य हक भन्दा सूचनाको हक सबैभन्दा महत्वपुर्ण रहेकोले सेवाप्रदायक निकालयले सहज रुपमा सूचना दिनुपर्नेमा आग्रह गरेका थिए । सूचना सधै एउटै ढोकाबाट दिन आग्रह गर्दै उनीहरुले हरेक महिना सूचना सार्जनिक गर्न सेवा प्रदायक निकायलाइ कार्यक्रमका सहभागीहरुको जोड थियो ।

सूचना नागरिकहरुको पहुँचमा हुनुपर्ने जनाउँदै सूचना तत्काल वा १५ दिन भित्रमा सूचना दिन कानुनी प्रावधान रहेकोबारे सहभागीहरुलाइ जानकारी गराइएको थियो । सरकारी कार्यालयका प्रमुख सूचना अधिकारी सन्चारकर्मि लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सूचनाको महत्वबारे राष्ट्रिय सूचना आयोगका भागिरथ पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रिय सूचना आयोगको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यको प्रमुख आतित्थ्यता, सूचना आयोगका सूचना आयुक्त महेन्द्रमान गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...