News Portal

रेडियो सुन्नुहोस्

साइवर सेना अब साइवर सर्कल : पार्टी नेतृत्वका विरुद्ध भएका साइवर हमलाको तत्काल प्रतिवाद गरिने

झुलेनी नेटवर्क २०७८ मंसिर ०६
५५३ पटक
२०७८ मंसिर ०६

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले एकबर्ष देखि सञ्चालन गरेको साइबर सेनाको नाम परिवर्तन गरेर साइबर सर्कल राखेको छ ।

अध्यक्ष किरण पौडेलका अनुसार पार्टी अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध व्यापक घेराबन्दी भएको बेला युवा संघले साइवर सेना सञ्चालन गरेको थियो । ‘गत वर्षको मंसिरमा अध्यक्ष केपी शर्मा ओली विरुद्ध भएको घेरावन्दीको प्रतिवाद गर्न हाम्रा पूर्व अध्यक्ष महेश बस्नेतले नवलपुरबाट साइवर सेनाको घोषणा गर्नुभएको थियो’ पौडेलले भन्नुभयो ‘सेना भन्ने शब्दले त्यती राम्रो सन्देश नदिएकोले सर्कल बनाएका हौं ।’

पौडेलका अनुसार साइवर सर्कलले मुख्य तीनवटा काम गर्नेछ । पहिलो एमालेको नेतृत्वलाई भएका साइवर प्रहार र अन्य आरोपहरुको तथ्यगत रुपमा खण्डन,दोस्रो साइवर सचेतना र यसबाट भइरहेका अपराधको नियन्त्रणका लागि सरकारलाई सघाउने र तेस्रो पार्टी नेतृत्वको सरकारले विगतमा गरेका कामको व्यापक रुपमा प्रचार प्रसार गर्ने ।

साइवर सर्कल सञ्चालनका लागि केन्द्रमा एउटा यूनिट बनाइने छ । यो यूनिट प्रदेश जिल्ला,स्थानीय तह हुँदै वडासम्म विस्तार गरिने पौडेलले जानकारी दिनुभयो । साइवर सर्कलको पर्सी ८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रेस सेन्टर प्यूठानले बुझायो प्रजिअ मार्फत सञ्चारमन्त्रीलाई ज्ञापनपत्र

प्रेस सेन्टर नेपाल प्यूठानले प्रमुख जिल्ला अधिकारी मार्फत सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। पत्रकारका हक हित...

निर्माण ब्यवसायी संघको पदभार ग्रहण सम्पन्न

निर्माण ब्यबसायी संघ प्यूठानमा निर्बाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संघको कार्यालय...

नयाँ लाइन तानेर थापाडाँडाको खानेपानी योजना चल्यो

प्यूठान नगरपालिका–४, स्थित थापाडाँडा–कार्कीडाँडा लिप्ट खानेपानी योजनामा नयाँ लाइन तानेर सञ्चालन गरिएको छ । नेपाल...

समाचार लेखन र न्यु मिडिया सम्बन्धि तालिम भिंग्रीमा सम्पन्न

समाचार लेखन र न्यु मिडिया सम्बन्धी तालिम स्वर्गद्वारी नगरपालिका ४ भिंग्रीमा सम्पन्न भएको छ ।...

विजय फूलबारीले मनायो एकीकरण पछिको तेश्रो स्थापना दिवस

विजय फूलबारी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले एकीकरण पछिको तेश्रो स्थापना दिवस मनाएको छ।...