News Portal

रेडियो सुन्नुहोस्

चुजाँमा आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन

बोम बहादुर परियार२०७८ म‌सीर १३
१०४७ पटक
२०७८ म‌सीर १३

प्युठान,मल्लरानी गाउँपालिका वडा नं. २ को आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको छ।

मुलुक संघीयतामा गईसकेपछि साविकको गा.बि.समा रहेका स्वास्थ्य चौकीहरु वडा विभाजन संगै छुट्टिएका थिए। साविकको स्वास्थ्य चौकी १ नंंं वडामा परेपछि २ नं वडामा स्वास्थ्य संस्था थिएन। स्वास्थ्य संस्था नभएको वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने नेपाल सरकारको निति अनुसार भवन निर्माण गरि एक औपचारिक कार्यक्रमका वीच आज भवनको उद्घाटन गरिएको हो। वडा अध्यक्ष लेख बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले स्वास्थ्य संस्थाबाट वडाबासीले स्वास्थ्य सुविधा थपिएको बताएका छन्।

कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानाले बजेट बिनियोजन मात्र गरेर नहुने भन्दै सबैको सहकार्यमा राम्रो काम गर्नुृपर्ने बताउँदै सबैको सहकार्यमा भवनको लागि जग्गा उपलब्ध गराउने देखि भवन निर्माण गरेकामा बधाई दिए। कार्यक्रमका प्रमुख अतिथि बनेका रानाले आगामी दिनमा पनि विकासको लागि सबै संग सहकार्य गर्ने बताएका छन्। स्वास्थ्य संस्थाको थप विकासको लागि आफुहरुले आवश्यक बजेटको ब्यवस्था गर्ने समेत उनले बताए।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश संयोजक बोम बहादुर के.सीले स्वास्थ्य सेवा आफ्नै भवनबाट सुरु गरेकोमा चुजाँबासीलाई बधाई दिदै आगामी दिनमा आवश्यक बजेट विनियोजन गर्न गाउँपालिका सरकारलाई आग्रह गरे। भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने समाजसेवी यम बहादुर केसीको परिवारलाई समेत संयोजक के.सीले धन्यवाद दिएका छन्।

कार्यक्रममा नेकपा एमाले मल्लरानी गाउँपालिका सचिव युवा नेता नोमराज पौडेलले केपी ओली सरकारले लिएको निति अनुसार भवन निर्माण गरी सेवा सुरु गरेकोमा गाउँपालिकालाई धन्यवाद दिए। हामी नागरिकको स्वास्थ्य अवस्थाप्रति गम्भिर छौं युवा नेता पौडेलले भने –“देशै भरी स्थानिय तहमा १५ सैयाको हस्पिटल एकै दिन उद्घाटन गरिएको हो। एमालेले सुरु गरेको कार्यक्रमलाई छिटो सक्न अनुरोध गर्दछु।” स्वाथ्य विमा, कोभिड बिरुद्धको खोप अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न समेत पौडेलले सुझाएका छन्। भवनबाट प्रभावकारी सेवा प्रवाह गर्न कर्मचारीलाई उनले आग्रह समेत गरे।

कार्यक्रममा मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापाले भवन नेपाल सरकारको मापदण्ड अनुसार बनेको भन्दै प्रभावकारी सेवा प्रवाहमा जोड दिनुपर्ने बताए। नागरिकको सेवा गर्नु नै कर्मचारीको प्रमुख दायित्व भएकोले नेपाल सरकारले आधारभूत स्वास्थ्य केन्द्रबाट प्रदान गर्ने सेवालाई प्रभावकारी रुपमा संचालन गर्ने बताए। भवनबाट सेवा प्रवाह गर्दा प्रभावकारी समेत हुने उनले बताए। भवन ३८ लाख ५६ हजार ३ सय ४१ रुपैयाँको लागतमा सम्पन्न भएको प्रमुख प्रसाशकिय अधिकृत थापाले जानकारी दिए। आधारभूत स्वास्थ्य संस्थाबाट संचालन हुने सबै सेवाहरु अब नयाँ निर्मित भवनबाट सुरु हुने समेत थापाको भनाई छ। गाउँको विकासको लागि आफुले निःशुल्क जग्गा दिएकोमा आफु र आफ्नो परिवार खुसी भएको समाजसेवी यम बहादुर केसी बताउँछन्। म गाउँको विकासको लागि सक्दो सहयोग गर्न सधै लागि परे। के.सी भन्छन् –“ मन ठूलो बनाएर खेतियोग्य बारी दिएको हो ,आज परिवारलाई सम्मान गर्दा निकै आनन्द महसुस भएको छ।”

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...