News Portal

रेडियो सुन्नुहोस्

कांग्रेस प्यूठानमा आरोप प्रत्यारोपको श्रृङखला जारी

झुलेनी नेटवर्क२०७८ मंसिर १४
७०२ पटक
२०७८ मंसिर १४

नेपाली काङ्ग्रेस प्यूठानको १४ औ जिल्ला अधिबेशनको विषयलाइ लिएर आरोप प्रत्यारोपको श्रृङ्खला जारी छ । अधिवेशनमा मतगणनाको क्रममा भएको घटनाको विषयलाइ लिएर दुवै उम्मेद्वारबिच एकले अर्कोलाइ आरोप लगाउने कार्य बिज्ञप्ति मार्फत चलिरहेको छ ।

घटनाको विषयलाइ लिएर दुवै पक्षले सत्य तथ्य छानबिन गरि दोषी माथी कारबाहिको माग सहित निर्वाचित र पराजित दुवैले एकले अर्कोलाइ दोष थोपरेका छन् । अधिवेशनबाट निर्वाचित सभापति विष्णु कुमार गिरिद्वारा मंसिर १० गते जारी विज्ञप्तिमा कांग्रेस कार्यकर्ताका नाममा अराजक जत्थाबाट भएको मतपत्र लुटको प्रयास भएको भनी उल्लेख गरीएको छ ।

हेर्नुहोस विष्णुकुमार गिरिद्वारा बिज्ञप्तिको पुर्ण पाठ

यसैबिच १४ औ जिल्ला अधिबेशनमा विष्णु कुमार गिरिका प्रत्यासी शिव रिजालले मंगलवार बिज्ञप्ति जारी गर्दै सो विषयको खण्डन गरेका छन् । शिव रिजालको सचिवालयद्वारा सम्प्रेसित बिज्ञप्तिमा आफ्नो गुटभन्दा बाहिरका कांग्रेस कार्यकर्ताहरुको ज्यान समेत लिने प्रयास गर्ने नेतृत्वको भत्सर्ना ब्यक्त गर्दै खेद प्रकट गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ, “कथित विजयको उन्मादले होस गुमाएका केहि षडयन्त्रकारी नेतृत्व वर्गका तर्फबाट गरिएका यस्ता भ्रामक प्रचारको विश्वास नगर्न अपिल गर्दछुँ ।”

हेर्नुहोस शिव रिजालद्वारा जारी बिज्ञप्तिको पुर्ण पाठ

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...