News Portal

रेडियो सुन्नुहोस्

माओवादी केन्द्र मल्लरानीमा टि.एस. गुरूङको नेतृत्वमा पुर्णता

झुलेनी नेटवर्क२०७८ मंसिर १६
८५५ पटक
२०७८ मंसिर १६

नेकपा माओवादी केन्द्र मल्लरानी गाउँ कमिटी टिएस गुरुङको नेतृत्वमा पुर्णता पाएको छ । गाउँपालिका स्तरीय अधिवेशनबाट गुरुङको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको हो ।

अधिवेशन पछि बसेको पालिकाको बैठकले उपाध्यक्ष रुकमणी भट्टराई, भुमा पौडेल, विष्णु शर्मा, सचिव निर्मला पौडेल, सह सचिव गोविन्दराज जैशी, कोषाध्यक्ष रामचन्द्र सुनार पदाधिकारीमा चयन भएका छन् । मल्लरानी गाउँपालिका प्युठानका ८ वटा स्थानीय तहमा शनिवार प्रथम सम्मेलन सम्पन्न भएको थियो ।

शनिवार आयोजित प्रथम सम्मेलनबाट माओवादी केन्द्रले सर्वसम्मन नेतृत्व चयन गरेको हो । सम्पन्न सम्मेलनबाट प्यूठान नगरपालिकामा बिष्णु योगीको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन भएको छ। समितिको उपाध्यक्षमा हरि बिएम, सुन्दरा केसी, मुकेस थापा, सचिब सुमन श्रेष्ठ, उपसचिव आकास जिएम र कोषाध्यक्षमा शुनिल सापकोटा पदाधिकारी चयन भएका हुन् ।

स्वर्गद्वारी नगरपालिकाको नगर सम्मेलनबाट अध्यक्षमा मेघराज जि.सी. (जीवन), उपाध्यक्ष दुर्गा रेग्मी, तिलक सुनार, धुर्ब बिक्रम सेन, सचिव टेक बहादुर भट्टराई, उप सचिव लक्ष्मी आचार्य र कोषाध्यक्ष खिमर ाज बि.क. निर्विरोध निर्वाचित भएसँगै ६५ सदस्यीय समिति गठन भएको हो ।

माण्डबी गाउपालिकाको प्रथम सम्मेलनबाट अध्यक्ष नेकपा माओवादी केन्द्रको ८ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व अनुज पछाई झुलेनी पोष्ट बल बहादुर केसी (शिशिर) को अध्यक्षतामा ४९ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा टेक बहादुर कामी, सचिव कुमार अधिकारी, उप सचिवमा गिरिराज पौडेल र कोषाध्यक्ष गुञ्ज बहादुर के.सी. निर्वाचित भएका हुन ।

शनिवार आयोजित ऐरावती गाउँपालिकामा पनि सर्वसम्मत संगठन कमिटीको प्रथम सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनले दोर्णप्रसाद पाण्डेको अध्यक्षतामा ५५ सदस्यीय समिति निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा रेशम बहादुर थापा, साबित्रा बस्नेत र अर्जुन कुमार पन्थी, सचिवमा भिमेस कुमार घर्तिमगर, उपसचिवमा मोतिलाल बिश्वकर्मा र कोषाध्यक्षमा हरिहर शर्मा निर्वाचित भएका छन ।

नेकपा (माओवादी केन्द्र) गौमुखी गाउँपालिकाको प्रथम सम्मेलनबाट सर्बसम्मत रुपमा चन्द्र बहादुर खत्री अध्यक्षमा निर्वाचित भएका छन् । समितिको उपाध्यक्ष अर्जुन न्यौपाने, बैकुण्ठ केसी, गोबद्र्धन थापा, सचीव रमेश र ाना मगर, उपसचिव पुष्कर शर्मा, कोषाध्यक्ष प्रेम सुनार सहित ४९ सदस्यीय गाउँ कमिटी गठन भएको हो ।

झिमरूक गाउपालिकामा झक बहादुर जि.सी. अध्यक्षतामा ५५ सदस्यीय समिति निर्वाचित भएका छन्। गाउँ पालिकाको प्रथम अधिवेशनबाट जि.सी सहितको नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्ष बसन्तराज पोखरेल, बिष्णुमणी पोखरेल, ललित बहादुर बस्नेत, सचिब कृष्ण पोखरेल, सहसचिब गणेश गिरी र कोषाध्यक्षमा बसन्ता एम.सी. निर्वाचित भएका हुन् ।

नौबहिनी गाउँपालिकामा घन बहादुर बुढा (सचिन) को अध्यक्षतामा ५५ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् । समितिको उपाध्यक्ष भरत के.सि., तुलार ाम थापा (विशाल), ओविराम बिक (परि वर्तन), सचिव बल बहादुर के.सी., उपसचिव दिल बहादुर के.सी. र कोषाध्यक्ष नरेन्द्र घर्ती निर्वाचित भएको माओवादी केन्द्र प्यूठानले जनाएको छ ।

सरुमारानीमा अध्यक्ष कृष्ण बहादुर खाम्चा, उपाध्यक्ष शैलेन्द्र राना, शरद भुषाल र लक्ष्मी पल्ली, सचिब तिलक बि.क., कोषाध्यक्ष बलिराम सुनार सहित ४९ सदस्यिय गाउँ कमिटी गठन भएको हो । मल्लरानी गाउपालिकाको अधिबेशन सम्पन्न भएपनि पदाधिकारी टुङगो लागीसकेको छैन

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...