News Portal

रेडियो सुन्नुहोस्

उडड्यन क्षेत्रको सुरक्षा र गुणस्तरिय सेवामा ध्यान देउ

झुलेनी पोष्ट
४८६ पटक

आज डिसेम्बर ७ तारिख । हरेक बर्ष जस्तै यस बर्ष पनि अन्र्तराष्ट्रिय नागरिक उडड्यन दिवस मनाईदै छ। कुनै पनि राज्य र क्षेत्रको विकासमा उड्ययन सुविधाको महत्वपुर्ण भुमिका हुन्छ। विकासका पुर्वाधारहरुको स्थापना गर्न, आवतजावत गर्न, सेवा सुविधाको पहुँच बढाउन, पर्यटन सम्भावनाको विकास गर्न, विपद व्यवस्थापन गर्न र दुर्गम क्षेत्रका बिरामीहरुलाई समयमै उपचारका लागि अस्पताल सम्म पु¥याउन उड्ययनको निकै ने महत्वपुर्ण भुमिका रहेको हुन्छ।

ठुलासाना हवाईजहाज तथा हेलिकप्टर जस्ता हवाई यन्त्रहरुको सञ्चालन,सुरक्षा र व्यवस्थापनका लागि संसार भरका नागरिक उड्ययन विभागहरुले एकै स्वरमा आवाज उठाउने गर्दछन्। सन् १९९४ मा International Civil Aviation Organization (ICAO) अन्र्तराष्ट्रिय नागरिक उड्ययन संस्थाको ५० औं बार्षिक उत्सव मनाउन यस दिवस मनाउन सुरु गरिएको हो। त्यस पछि संयुक्त राष्ट्रसंघको महासभाले पनि डिसेम्बर ७ लाई अन्र्तराष्ट्रिय नागरिक उड्ययन दिवसको रुपमा मान्यता दिएको हो।

नेपालमा सन् १९५७ मा नागरिक उड्ययन प्राधिकरणको स्थापना भएको हो। वास्तवमा भन्ने हो भने हवाई उड्ययनले संसारलाई एकसुत्रमा बाँध्ने काम गरेको छ। एउटा कुनाबाट अर्काे कुनालाई धेरै टाढाको महसुस गर्न नदिई नजिकै गराई दिएको छ। तर यससंगै यस क्षेत्रका चुनौतीहरु पनि उत्तिकै छन्। सन् २०१४ मा मलेसियाको क्वालालम्पुर विमान स्थलबाट चीनतर्फ उडेको मलेसियन एयरलाईन्सको जहाज अझै भेटिन सकेको छैन।

धेरै यात्रुबाहक विमानहरु युद्धको आवेशमा आकाशबाट खसालिएका छन्। भने कैयौ विमानहरुका अवशेष अझै फेला पर्न सकेका छैनन। जसकाकारण ठुलो जनधनको क्षतिपुगेको छ। नेपालमा  विभिन्न समयमा भएकाविमान दुर्घटना थाई एयरको प्रसंग होस वाअन्य समयमा भएकाहवाई दुर्घटना होस ।

ती दुर्घटना गुमाएका आफन्त अनि त्यसले दिएको पिडा उनीहरुले कहिल्यै भुल्न सक्ने छैनन। धेरै विमान दुर्घटना हुँदाहुदै पनि नेपाली आकाशमा सिंगल इन्जिन सहित काजहाजहरु यात्रू सहित उडिरहेका छन्। यसलाई बिडम्बना नै मान्नु पर्दछ। संसारकै धेरेै खतरनाक विमान स्थलहरुको सुचीमा नेपालको लुक्ला विमानस्थल पर्दछ। यो पनि एउटा उड्ययन जगतको ठुलो चुनौ ती हो।

त्यस्तै भौगोलिक बिकटता र प्रतिकुल मौसम पनि यस क्षेत्रका ठुला चुनौतीहरु हुन। हवाई सुरक्षा अत्यन्तै संवेदनशिल बिषयहो यसलाई उच्च प्राथमिकतामा राख्न जरुरी छ। विभिन्न विदेशी तथा स्वदेशी ध्वजा बाहक जहाजहरु नेपाली आकाशमा उड्छन।

उड्ययन क्षेत्रको सुरक्षा गुणस्तरिय सेवाको व्यवस्था लगायत व्यवस्थित अन्र्तराष्ट्रिय मापदण्डको हवाई क्षेत्र अनि विमान स्थलको सुरक्षा नै मुख्य उद्देश्य हो । भौगोलिक अवस्था, गुणस्तरको कमी, अन्तराष्टिय समुदायले अपनाउदै आएको प्रविधि अपनाउन नसक्नु अनि कतिपय मानविय त्रुटिका कारणले नेपाली आकाशमा निरन्तर दुर्घटना भैरहन्छन। कतियप कारण नियन्त्रण भन्दा बाहिर हुन्छन त कतिपय नियम तथा आधार हरुलाई आत्मसाथ गर्न नसक्दा हुने गर्दछन। त्यसैले यस्ता सम्भाव्य दुर्घटनाहरुलाई न्युनिकरण गर्नका लागि सम्बन्धित सबैको बेलैमा ध्यान जान जरुरी छ।

प्रतिकृया दिनुहोस्

जिल्ला अस्पताल विजुवारको विद्युत समस्या हलहुने (भिडियो सहित)

जिल्ला अस्पताल बिजुवारमा नयाँ विद्युत लाइन जडान गरिएको छ । अस्पतालमा प्रयाप्त विद्युत प्रभाह नभएका...

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...